बुहारी कुटेको आरोपमा रत्नपार्कको मुकुन्दे गिरफ्तार

Mukunde

बेलबारी । सामाजिक सञ्जालमार्फत देशका नेताहरुलाई तथानाम गाली गर्ने मुकुन्द घिमिरे (मुकुन्दे) मोरङको बेलबारी ११ लक्ष्मीमार्गबाट बुहारी कुटेको आरोपमा पक्राउ परेका छन ।

मंगलबार बेलुका लक्ष्मीमार्ग आएका उनले अंशबण्डामा असन्तुष्टि भएको जनाउँदै भाई बुहारी यशोदा लुईँटेल (घिमिरे) लाई निर्घात कुटपिट गरेका हुन । उनको कुटाईबाट बुहारी गम्भिर घाईते भएकी छिन । भोजपुरको खार्ताम्छा घर भएका घिमिरेका भाई बुहारी लक्ष्मीमार्गमा घर बनाएर बस्दै आएका थिए ।

उनलाई प्रहरी चौकी भाउन्नेले मंगलबार नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यलय बेलबारीलाई बुझाएको छ ।

केही समयअघि सम्म रत्नपार्कमा बसेर मुकुन्दल्याण्डको परिकल्पना गरिरहेका उनी हिजो आज रत्नपार्क छोडेर एक कोठामा बसी टवीटर र बिभिन्न सामाजिक सञ्चाल मार्फत देशका नेताहरुलाई खरो प्रहार गरिरहेका छन् । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

देशभरका स्थानीय तहले ल्याए बजेट, यसकारण  बालेन र हर्कले ल्याउन सकेनन् बजेट

Balen and harka 1024x500

काठमाडौं । आज देशभरिका स्थानीय तहहरुले आगामी आर्थिक वर्ष २०८२र८३ का लागि बजेट ल्याएका छन् । तर २४...