नयाँ पुस्तालाई धर्मको भ्रम नपारौं : डा. भट्टराई
काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले आगामि पुस्तालाई धर्मसम्बन्धि भ्रम पार्न नहुने बताएका छन् ।
बालबालिकाहरुलाई १८ बर्ष नपुग्दासम्म मठ मन्दिरमा लान नहुने भन्दै डा. भट्टराईले धर्मसम्बन्धि अनेक किम्बदन्तिले बाल मस्तिस्कमा नकारात्मक असर पार्ने बताए ।
नेपाल जीव बिज्ञान समाजले आयोजना गरेको ‘समृद्धिको लागि बिज्ञान’ बिषयक अन्तरक्रियामा बोल्दै उनले नेपालका कतिपय बिद्धान तथा बिज्ञानकै शिक्षकहरु पनि मन्दिर घुमेर बिज्ञानको वकालत गर्ने गरेको बताए । बिज्ञान र प्रविधीकै आडमा विश्वमा औद्योगिक क्रान्ति सम्पन्न गर्न सम्भव भएको डा. भट्टराईको भनाई छ ।
पछिल्लो पाँच सय बर्षमा बिश्वले बिज्ञान र प्रबिधिको आडमा ठूला ठूला औद्योगिक क्रान्ति गर्न सफल भए पनि नेपाल भने भर्खर औद्योगिक क्रान्तिको शुरुवाति चरणमा रहेको उनको भनाई थियो । नेपाल र नेपालीमा बैज्ञानिक चिन्तनको आवश्यकता रहेको बताउदै डा भट्टराईले घरघरमा र विद्यालय, विद्यालयमा बैज्ञानिक चिन्तन प्रवर्दन गर्नुपर्ने आवश्यकता औल्याए ।
आधुनिक बिज्ञानको शुरुवात हुनुपुर्व मानव जातीले अन्धकारमै जिवन बिताएको र त्यसै क्रममा धर्मको नाममा मान्छेहरुलाई अनुशाशनमा राख्ने गरिएको भन्दै डा भट्टराईले धर्मको अन्धबिश्वास अझैपनि गरिनु हास्यास्पद भएको बताए ।
प्रतिकृया दिनुहोस