क्यासिनोमा जुवा खेल्ने ८ जना पक्राउ

Pakrau 1

काठमाडौँ । महानगरीय प्रहरी परिसरले होटल सोल्टीमा रहेको मान्जोङ क्यासिनोमा जुवा खेल्ने र खेलाउने ८ जना नेपालीलाई पक्राउ गरेको छ ।

परिसरबाट खटिएको टोलीले गएराति जुवा खेलिरहेको अवस्थामा क्यासिनोका प्रबन्ध निर्देशक विनोद श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत ओम कर्माचार्यसहित ८ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मकवानपुरका विकल्प पोखरेल, ललितपुरका शंखर पौडेल, अरुण सेडार्इं, काठमाडौँका तेन्जिङ मेलेक, रञ्जित खड्गी र मुस्ताङका साङ्गे पासाङ ठकुरी रहेका छन् ।

परिसरका प्रवक्ता मोहनकुमार थापाले नेपालीलाई प्रवेश निषेध गरिएको क्यासिनोमा छिरेर जुवा खेलिरहेको विशेष सूचनाका आधारमा पक्राउ गरिएको जानकारी दिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यसअघि पनि प्रहरीले उक्त क्यासिनोबाट थुप्रै नेपालीलाई जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

देशभरका स्थानीय तहले ल्याए बजेट, यसकारण  बालेन र हर्कले ल्याउन सकेनन् बजेट

Balen and harka 1024x500

काठमाडौं । आज देशभरिका स्थानीय तहहरुले आगामी आर्थिक वर्ष २०८२र८३ का लागि बजेट ल्याएका छन् । तर २४...