बाघ संरक्षणका लागि दौड

Tiger 3

चितवन । चितवनको रत्ननगरस्थित सौराहामा बाघ संरक्षणमा सचेतना फैलाउन आज दौड प्रतियोगिता आयोजना गरिएको छ ।

सन् २०२२ सम्ममा बाघको संख्या दोब्बर बनाउने सरकारी लक्ष्य पूरा गर्ने उद्देश्यले चेतना फैलाउन २३औँ वन्यजन्तु सप्ताहको अवसरमा आज सौराहामा दौड प्रतियोगिता गरिएको हो ।

दौड प्रतियोगिताको उद्घाटनका क्रममा पूर्व अर्थमन्त्री तथा नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले आफू मन्त्री हुँदा बाघ संरक्षणका लागि ५० करोड विनियोजन गरेको स्मरण गर्दै गैँडामात्रै होइन बाघका लागि पनि चितवन उत्कृष्ट जिल्ला हो भनेर पहिचान दिलाउनुपर्नेमा जोड दिए ।

‘कतिपय प्रजाति लोप हुने अवस्थामा छन्, बाघको आहारा भएन भने हराउन पनि सक्छ, पाण्डेले भने, हरेक प्राणी बाँच्नुपर्छ, त्यो पृथ्वीको सौन्दर्य हो ।’ उनले संरक्षण र पर्यापर्यटनलाई सँगसँगै अघि बढाउनु जरुरी रहेको औँल्याए ।

सो क्रममा चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत अभिनय पाठकले पारिस्थितिक प्रणालीको सूचक बाघ भएको बताउँदै संरक्षणमा सबैको हातेमालो जरुरी रहेको बताए ।

संरक्षणकर्मी तथा मृगकुञ्ज उपभोक्ता समितिका अध्यक्ष वासु ढुंगानाले सन् २०२२ सम्ममा बाघको संख्या दोब्बर बनाउने लक्ष्य नजिक पुगेको बताए । उनले हरेक क्षेत्रले संरक्षणमा आ–आफ्नो जिम्मेवारी निर्वाह गर्न सक्नुपर्ने उल्लेख गरे ।

कार्यक्रम संयोजक तथा बाघ संरक्षण उपसमितिका अध्यक्ष जितु तामाङले बाघ बसेको क्षेत्र हरेक दृष्टिले महत्वपूर्ण हुने भन्दै यसतर्फ सबैको ध्यान जानुपर्नेमा जोड दिए ।

‘बाघका लागि दौड’ भन्ने नारासहित आज सौराहामा भएको चार किलोमिटर दौड प्रतियोगितामा सौराहा डोजाङका अमृत लामा प्रथम, बटुक दल गणका रणबहादुर अधिकारी दोस्रो, सौराहा डोजाङकै रोमित राउत तेस्रो र बटुक दल गणकै सञ्जय राईले सान्त्वना स्थान प्राप्त गरेका छन् । दौडमा २० जनाको सहभागिता थियो ।

उनीहरुलाई वन्यजन्तु सप्ताहको अन्तिम दिन वैशाख ७ गते सम्मान तथा ट्रफी वितरण हुने आयोजक प्रतिनिधि प्रकाश चापागार्इंले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

देशभरका स्थानीय तहले ल्याए बजेट, यसकारण  बालेन र हर्कले ल्याउन सकेनन् बजेट

Balen and harka 1024x500

काठमाडौं । आज देशभरिका स्थानीय तहहरुले आगामी आर्थिक वर्ष २०८२र८३ का लागि बजेट ल्याएका छन् । तर २४...