राजदुत सुन्दास र अधिराजकुमार खालिफा बीच भेटवार्ता

Nepal b

काठमाडौँ । बहराइनका लागि नेपाली राजदूत पदम सुन्दास र बहराइनका अधिराजकुमार सलमान बिन हमाद अल खालिफाबीच शिष्टाचार भेटवार्ता भएको छ ।

आइतबार मनामास्थित गुडैविया दरबारमा भएको भेटका क्रममा अधिराजकुमार खालिफाले राजदूत सुन्दासलाई स्वागत गर्दै आफ्नो कूटनीतिक भूमिकामा सफलताको कामना गरे ।

सोही अवसरमा राजकुमार खालिफाले नेपालको अर्थतन्त्र र राजनीतिक अवस्था बारे चासो देखाएको दूतावासले जनाएको छ ।

भेटका क्रममा विद्यमान दुई पक्षीय सम्बन्धलाई थप सुदृढीकरण गर्ने, बहराइन र नेपालबीच भएको आर्थिक तथा वाणिज्य सम्बन्धलाई दुईपक्षीय हितमा अघि बढाउने, बहराइन र नेपालका नीजि क्षेत्र बीचको सम्वन्धलाई सुधार गर्ने लगायतका विषयमा छलफल भएको थियो ।

सो अवसरमा राजदूत सुन्दासले नेपाली कामदारका लागि बहराईन सरकारले गरेको सहयोग र सद्भावप्रति आभार व्यक्त गरे ।

भेटका क्रममा राजदुद सुन्दासले नेपालको पछिल्लो राजनीतिक विकास क्रममाथि प्रकाश पार्दै लगानी, व्यापार, पर्यटन र नेपाली श्रमिकको संरक्षणमा दुई देशबीच सहकार्य गर्ने बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

देशभरका स्थानीय तहले ल्याए बजेट, यसकारण  बालेन र हर्कले ल्याउन सकेनन् बजेट

Balen and harka 1024x500

काठमाडौं । आज देशभरिका स्थानीय तहहरुले आगामी आर्थिक वर्ष २०८२र८३ का लागि बजेट ल्याएका छन् । तर २४...