सुन व्यवसायी हत्यामा संलग्न २ आरोपी प्रक्राउ

Pakrau bnepa

झापा । बिर्तामोडका सुन व्यवसायी साजन मुखियाको हत्यामा संलग्न रहेको आरोप लागेका २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका ५ का २१ वर्षीय ‘मामा भान्जा’ भनिने सुरज चौधरी र बिर्तामोड २ का २२ वर्षीय राहुल राजेश साह छन् ।

विशेष सुराकीका आधारमा बिर्तामोडबाट उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवैलाई झापा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

त्यस्तै व्यवसायी मुखियाको हत्यामा संलग्न ५ जना पक्राउ परेको प्रहरीको भनाई छ । गोर्खा डिपार्टमेन्टल स्टोर नजिक रहेको देवा ज्वेलर्सका सञ्चालक मुखिया फागुन २० गतेदेखि बेपत्ता थिए । त्यसको ९ दिनपछि उनको शव इलाममा फेला परेको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

देशभरका स्थानीय तहले ल्याए बजेट, यसकारण  बालेन र हर्कले ल्याउन सकेनन् बजेट

Balen and harka 1024x500

काठमाडौं । आज देशभरिका स्थानीय तहहरुले आगामी आर्थिक वर्ष २०८२र८३ का लागि बजेट ल्याएका छन् । तर २४...