लागू औषध दुव्र्यसनी रोक्न युवाको सक्रियता

Trafic kapilbastu

कपिलबस्तु । जिल्लामा लागू पदार्थका प्रयोगकर्ता बढेको गुनासो आएपछि त्यसलाई रोक्न जिल्लाका युवाहरुले सक्रियता बढाएका छन् ।

जिल्लामा दुव्र्यसनी कम गर्न मानव अधिकारका लागि जिल्ला युवा समूह कपिलबस्तु र अनौपचारिक क्षेत्र सेवा केन्द्र (ईन्सेक) ले कपिलबस्तु बहमुखी क्याम्पसमा ‘लागू औषध नियन्त्रण, ट्राफिक नियम पालना र मानव अधिकारका सवालमा सचेतना’ कार्यक्रम गरेको छ ।

सो कार्यक्रममा लागू औषध दुव्र्यसनी, यसका लक्षण र यसबाट हुने परिणामबारे जिल्ला प्रहरी कार्यालय कपिलबस्तुका प्रहरी नायव उपरीक्षक नरेन्द्रजंग कार्कीले प्रशिक्षण दिएका थिए भने ट्राफिक नियम पालना, दुर्घटना हुने मुख्य कारणहरु, ट्राफिक चिन्हहरु र सुरक्षित सडक प्रयोगका सम्बन्धमा जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक अमरबहादुर कार्की समेतको टोलीले श्रब्य दृष्य सहितको प्रस्तुतिद्वारा प्रशिक्षण गदिएका थिए ।

बैशाख १ र २ गते भएको सो कार्यक्रममा आयोजक, सहयोगी संस्था, युवा संजालका युवाहरु, क्याम्पसका प्राध्यापकहरु र सोही क्याम्पसमा अध्ययनरत छात्राछात्र गरी झण्डै १ सय ५० भन्दा बढीको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...