प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित

7 no pardesh

धनगढी । प्रदेश नं ७ को आज बसेको प्रदेशसभाको बैठकमा आव २०७४÷०७५ को बाँकी अवधिका लागि ल्याइएको नीति तथा कार्यक्रम पारित भएको छ । 

बैठकमा सभामुख अर्जुनबहादुर थापाले प्रदेश प्रमुख मोहनराज मल्लद्वारा चैत २८ गतेको प्रदेशसभा बैठकमा गर्नुभएको सम्बोधनका लागि ‘यो बैठक प्रदेश प्रमुखमा धन्यवाद ज्ञापन गर्दछ’ भन्ने धन्यवादको प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दा सर्वसम्मतिले पारित गरिएको हो । 

यसअघि प्रदेश सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री त्रिलोचन भट्टले साधनस्रोतको अभाव, नयाँ परिस्थिति र केन्द्रसँग समन्वय गरेर अघि बढ्नुपर्ने अवस्था रहेका परिप्रेक्ष्यमा सत्ता र प्रतिपक्ष सबैको सहयोगमा नीति तथा कार्यक्रम कार्यान्वयन गर्न सरकार पछि नपर्ने अठोट व्यक्त गरे । 

नीति तथा कार्यक्रममाथि भएको छलफलका क्रममा अधिकांश सदस्यले उठाएको प्रश्नमा मुख्यमन्त्रीले प्रदेशको भारतसँग जोडिएका सीमा नाका व्यवस्थापन गर्न र नयाँ नाका खोल्नका लागि केन्द्र सरकारसँग समन्वय गरी पहल गरिने प्रतिबद्धता गर्नुभयो । प्रदेशसभाको अर्को बैठक सूचना प्रकाशन नभएसम्मका लागि स्थगन गरिएको छ । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

देशभरका स्थानीय तहले ल्याए बजेट, यसकारण  बालेन र हर्कले ल्याउन सकेनन् बजेट

Balen and harka 1024x500

काठमाडौं । आज देशभरिका स्थानीय तहहरुले आगामी आर्थिक वर्ष २०८२र८३ का लागि बजेट ल्याएका छन् । तर २४...