प्रधानमन्त्रीको निर्देशन उल्लंघन गर्दै कर्मचारीहरु धमाधम विदेश भ्रमणमा

Bidesh yatra

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कर्मचारीलाई जथाभाबि विदेश भ्रमण नगर्न दिएको निर्देशन उल्लंघन गर्दै झण्डै चार दर्जन कर्मचारी विदेश सयरमा ब्यस्त छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको निर्देशन लत्याउँदै विदेश भ्रमणमा जानेहरुमा नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का वैज्ञानिकहरू अग्रपंत्तिमा छन् ।

नार्कका कार्यकारी निर्देशक डा. वैद्यनाथ महतो एक साताका लागि भन्दै बुधबार मोरक्कोतिर उडेका छन् ।

फागुन र चैतमा विदेश भ्रमण गर्ने वैज्ञानिकहरूमा लुमा पाण्डे, कमल साह, सुध सापकोटा, रेणुका श्रेष्ठ, शुक्रराज श्रेष्ठ, ध्रुवबहादुर थापा, शेषराम उपाध्याय, सुरज बैद्य, मनोज साह, टेकबहादुर गुरूङ, आनन्द गौतम, घनश्याम मल्ल, रामप्रसाद घिमिरे, प्रमिल केसी, मनीषकुमार ठाकुर, अमृत पौडेल, भोजन खनाललगायत छन् ।

यसैगरी विदेश भ्रमण गर्ने कृषि प्राविधिकमा शिवहरि घिमिरे, बञ्जराज बराल, गौतम श्रेष्ठ, रीता आङदम्बे, शेषराज उपाध्याय, ध्रुव भट्टराई, शिवराम अर्याल, आंशिक राजभण्डारी, रामचन्द्र मिश्र, राजकुमार झा, दिनानाथ तिवारी, अशोक राणा, कृष्णदेव अधिकारीलगायत छन्। धेरैजसो चीन, भारत, मोरक्को, थाइल्यान्ड, अस्टेलिया, नेदरल्यान्ड, फिलिपिन्स, केन्यालगायत देशमा गएका छन् ।

कृषि वैज्ञानिक तथा प्राविधिक सबै कृषि अनुसन्धानका नाममा धमाधम विदेश जाने गरेका छन् । ती भ्रमण कति फलदायी भए भन्ने मूल्यांकन भने हुन सकेको छैन ।

नार्क स्रोतका अनुसार फागुन र चैतमा गरी करिब तीन दर्जन कृषि वैज्ञानिकले विदेश भ्रमण गरेका छन् । यसबाहेक करिब एक दर्जन प्राविधिक (राजपत्रअनंकित) कृषि अनुसन्धानका नाममा विदेश भ्रमणमा गएका छन्। थप दर्जनजति कृषि वैज्ञानिक वैशाखमा विदेश भ्रमणमा जाने कार्यक्रम तय भएको छ।

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

देशभरका स्थानीय तहले ल्याए बजेट, यसकारण  बालेन र हर्कले ल्याउन सकेनन् बजेट

Balen and harka 1024x500

काठमाडौं । आज देशभरिका स्थानीय तहहरुले आगामी आर्थिक वर्ष २०८२र८३ का लागि बजेट ल्याएका छन् । तर २४...