संघीय ढाँचामा रेडक्रस, राजनीतिक पदमा रहेकाले रेडक्रसमा बस्न नपाउने

Red

काठमाडौ । नेपाल रेडक्रस सोसाइटीले आफ्नो सांगठनिक ढाँचा परिवर्तन गरि संघीय ढाँचामा गएको छ । विराटनगरमा हालै जारी ४७ महाधिबेशनबाट रेडक्रसले विधान संशोधन गरि संघीयता अनुसार सांगठनिक संरचनामा परिवर्तन गरेको हो ।

महाधिवेशनले विधानलाई समयानुसार परिवर्तन गरि संघीय संरचनाअनुसार स्थानीय, जिल्ला, प्रदेश र केन्द्र गरी चार तहमा सांगठनिक संरचनामा परिवर्तन गरेको नेरेसोले जनाएको छ ।

नेरेसोका केन्द्रीय सभापति सञ्जीव थापाले महाधिवेशनले राज्यका विभिन्न तहका तोकिएका कार्यकारी पदमा निर्वाचित व्यक्ति, केन्द्र, प्रदेश र जिल्ला तहका प्रमुख पदाधिकारी तथा प्रतिनिधिसभा र प्रदेशसभाका सदस्य नेरेसोको कुनै पनि तहका कार्यसमितिमा पदाधिकारी नरहने गरी आचारसंहितासमेत जारी गरेको जानकारी दिए ।

सभाले रेडक्रसको मूल मर्मअनुसार सुरक्षित पहुँचका आठ तत्वलाई पालना गर्दै अगामी दिनमा मानवीय सेवाका सर्वोच्च कार्यमा अनवरतरूपमा आफ्ना कार्यक्रम तथा गतिविधिलाई थप प्रभावकारी रुपमा सञ्चालन गर्नसमेत निर्देश गरेको छ ।

११ बुँदे सो प्रस्तावमा रक्त सञ्चार सेवालाई चुस्त एवं प्रभावकारी बनाउने, विपद् व्यवस्थापनका पूर्व तयारीमा ध्यान दिने, पारदर्शिता, जवाफदेहितामा जोड दिने, निर्णायक तहमा महिला सहभागिता वृद्धि गर्दै लैजाने रहेका नेरेसोका उपमहामन्त्री हरि न्यौपानेले बताए ।

सभाले कार्यसम्पादन मूल्यांकनका आधारमा नेरेसोका उत्कृष्ट १० जिल्ला शाखामध्ये सिन्धुली, झापा र कास्कीलाई क्रमशः प्रथम, द्धितीय र तृतीय पुरस्कार प्रदान गरेको थियो । सो पुरस्कारको राशि क्रमशः २० हजार, १० हजार र पाँच हजार नगदसहित प्रमाणपत्र रहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...