इक्यान निर्वाचन : राजनीति मुक्त इक्यानको नारा, पार्टीगत प्यानल

Con photo

 

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को नयाँ नेतृत्वको लागि यही वैशाख ८ गते निर्वाचन हुँदैछ । निर्वाचनको मिति नजिकिएसंगै निर्वाचनको माहोल पनि निकै तातेको छ ।

इक्यान निर्वाचनमा विष्णुहरी पाण्डे र सरोज कुमार बस्नेतको टिम प्यानल नै बनाएर निर्वाचन प्रचार प्रसारमा होमिएका छन । इक्यानलाई राजनीतिमुक्त बनाउने उद्घोष गरेका शैक्षिक परामर्शदाता व्यवसायीहरु राजनीतिक दलकै आडमा प्यानलै बनाएर निर्वाचनमा होमिएका छन् ।

राजनीति गर्नका लागि इक्यानमा लागेका पाण्डे एमाले विदेश विभागका सदस्य समेत हुन् । प्रिमियर कलेज, एभरेष्ट कलेज, कोलम्बस कलेज लगायत आधा दर्जन कलेजका संचालक रहेका बुझिएको छ । उनले चौधरी ग्रुपसंगको सहकार्यमा अटोमोवाइल्स ब्यवसाय पनि गर्दै आएका छन ।

यस्तै, सरोज बस्नेत पनि नेपाली काँग्रेसका नेता हुन् । बस्नेत प्यानललाई काँग्रेसले काँध थापेको छ भने पाण्डेलाई एमालेले हात दिएको छ ।

बर्तमान उपाध्यक्ष तथा रोयल एजुकेशन फाउण्डेशनका प्रबन्ध निर्देशक बिष्णुहरी पाण्डेलाई बर्तमान अध्यक्ष प्रकाश पाण्डेले अगाडी सारेका हुन् । उनीसंगै प्रतिष्पर्धा गरेका नेक्कोटेक टेक्नोलोजिका सरोज कुमार बस्नेत यो पटकपनि उमेद्वारी दिदैछन ।

 संस्थापन पक्षले विष्णुहरी पाण्डेको अध्यक्षतामा पूर्व कोषाध्यक्ष शालिकराम भण्डारी, यसोदा भट्टराई र बर्तमान कोषाध्यक्ष खड्ग लिम्बुलाई उपाध्यक्षमा अगाडी सारेको छ भने बस्नेत प्यानलले बर्तमान बरिष्ठ उपाध्यक्ष राजेन्द्र रिजाल, पूर्व महासचिव महेशबाबु तिमल्सिना, वर्तमान सचिव उमेश ढुंगेललाई उपाध्यक्षमा अगाडी सारेको छ ।

त्यस्तै महासचिवमा बस्नेत प्यानलले वर्तमान महासचिव सन्तोश प्याकुरेललाई अगाडी सारेको छ भने बिष्णुहरी प्यानलले महासचिवमा शेषराज भट्टराईलाई अगाडी सारेको छ ।

यस्तै, बस्नेत प्यानलबाट सचिवमा विक्रम केसी र ज्ञानेन्द्रमान जोशी , कोषाध्यक्षमा सुर्यबहादुर डाँगी, सह–कोषाध्यक्षमा राकेश श्रेष्ठ तथा सदस्यहरुमा प्रशान्त शाह, मनिराम राउत, दीपक कोईराला, सरिता श्रेष्ठ, नवराज खत्री केसी, हरीराम लामिछाने, सोवित श्रेष्ठ र मनोरथ शाह छन् ।

यसैगरी पाण्डे प्यानलबाट सचिवका उम्मेद्वारमा श्यामबहादुर कँडेल९सोम०, दीपकराज भुसाल, कोषाध्यक्षमा गोविन्द अधिकारी, सह–कोषाध्यक्षमा निरुपमा महर्जन, सदस्यहरुमा प्रकाश श्रेष्ठ, पुष्पराज भट्टराई, कर्णबहादुर गुरुङ, वासुदेव दाहाल, यज्ञविलास पौडेल, बालकृष्ण श्रेष्ठ, महेश श्रेष्ठ, सुदन चौहान र सुष्मा आचार्य रहेका छन्

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...