सुत्केरीको ज्यान जोगाउन रगत जुटाउँदै

Blood

बाजुरा । जगन्नाथ गाउँपालिका १ ढाडाकोटकी २३ वर्षीया मरु विकको रगत अभावका कारण ज्यान जोखिममा रहेको समाचार प्रकाशन भएपछि ‘बी’ पोजेटिभ रगत भएका व्यक्ति सम्पर्कमा आएर रगत दिन थालेका छन् ।

रगत अभावका कारण सुत्केरी विकको ज्यान खतरामा भएको खबर पछि हालसम्म ‘बी’ पोजेटिभ रगत दिनेहरु सम्पर्कमा आई तीन पिन्ट रगत दिएको नेपाल रेडक्रस सोसाइटी बाजुराका ल्याब कर्मचारी जगतबहादुर शाहीले जानकारी दिए ।

रक्तदातामा नेपाली सेना, समरजित गुल्मका जवान सञ्जय तामाङ, गौमुल गाउँपालिका–६ की कल्पना रोकाया र बडीमालिका नगरपालिका–८का गोरखबहादुर विष्ट छन् ।

रगत अभाव भएर जिल्ला अस्पताल बाजुरामा उपचार गराइरहेकी विकको स्वास्थ्यवस्थाका बारेमा बडीमालिका नगरपालिका उपप्रमुख कविता विष्टले बिरामीसँग भेट गरेर जानकारी लिएकी हुन ।

विष्टले विकलाई रगत खोज्न नगरपालिका र्कालयलाई आग्रह गरिएको बताइन । विकको स्वास्थ्यमा सुधार हुदै आएको उपचारमा संलग्न डा. दुर्गा महर्जनले बताइन । उनको शरीरबाट रगत धेरै बगेकाले रक्त अल्पता भएकाले कम्तीमा ९ पिन्ट हुनुपर्छ ।

उनको शरीरमा ४ पिन्ट मात्र रगत भएकाले अझै पाँचदेखि सात पिन्ट रगत चहिने बताइन । रगत दिनका लागि जिल्लाका नेपाली सेना, नेपाल प्रहरीलगायतका कर्मचारीलाई पनि आग्रह गरिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

देशभरका स्थानीय तहले ल्याए बजेट, यसकारण  बालेन र हर्कले ल्याउन सकेनन् बजेट

Balen and harka 1024x500

काठमाडौं । आज देशभरिका स्थानीय तहहरुले आगामी आर्थिक वर्ष २०८२र८३ का लागि बजेट ल्याएका छन् । तर २४...