व्यापार घाटा कम गर्न पर्यटन उद्योगले सघाउनु पर्छ : पूर्व प्रम खनाल

Jhalanath khanal

विराटनगर । पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले भारतसँगको व्यापार घाटा कम गर्न पर्यटन उद्योगले सघाउन पु¥याउने बताए ।

विराटनगरमा चार तारे बिग होटलको शनिबार साँझ उद्घाटन गर्दै उनले छिमेकी भारतमा यहाँको हिमाली पदयात्रालगायत धार्मिक पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्नसकेमा यस क्षेत्रमा पर्यटकको कुनै कमी नहुने बताए ।

विराटनगर–जोगवनी रोडमा अवस्थित ८ कट्ठा १० धुर जग्गामा ३० करोडको लागतमा निर्मित उक्त होटलमा ५३ वातानुकूलित कोठा रहेका छन् । छ तल्ले होटलमा स्वीङपुल, दुई वटा लिफ्ट र पर्यटकको चाहनाअनुसार तीन वटा स्विट कोठाको समेत व्यवस्था गरिएको छ ।

पर्यटकको बसाइलाई सहज बनाउन होटल निर्माण गरिएको होटलका निर्देशक वीरेन्द्र न्यौपानेले बताए ।

निर्माण व्यवसाय, कृषि तथा जलविद्युत् क्षेत्रमा कार्य गरिसकेका अवस्थामा प्रदेश १ को मागअनुसार स्तरीय होटल सञ्चालनमा ल्याएका अर्का सचालक रुपमणि राजभण्डारीले बताए ।

होटलमा आगामी दिनमा भारतीय पर्यटकको आकर्षणका लागि मिनी जुवा घर सञ्चालनमा ल्याउनुका साथै थप एक सेमिनार हलको निर्माण गर्ने निर्देशक न्यौपानेले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

देशभरका स्थानीय तहले ल्याए बजेट, यसकारण  बालेन र हर्कले ल्याउन सकेनन् बजेट

Balen and harka 1024x500

काठमाडौं । आज देशभरिका स्थानीय तहहरुले आगामी आर्थिक वर्ष २०८२र८३ का लागि बजेट ल्याएका छन् । तर २४...