नयाँ वर्ष मनाउने क्रममा कालीगण्डकी र सुनकोशीमा ३ युवक बेपत्ता

Dubera bepatta

काठमाडौं । नयाँ वर्ष २०७५ मनाउन नदीतटमा रमाईलो गरिरहेका तीन युवा नदीले बगाएर बेपत्ता भएका छन् । दुईजना पाल्पास्थित कालीगण्डकीमा र एकजना सिन्धुपाल्चोकस्थित सुनकोशीमा बेपत्ता भएका हुन् ।

पाल्पाको रानीमहलमा नयाँ वर्ष मनाउने क्रममा ऋदिकोट गाउँपालिका–३ हाथुकका १८ वर्षीय संगम कार्की र सोही स्थानका १८ वर्षे आयुश खनाल बेपत्ता भएका हुन् ।

बगनासकाली गाउँपालिका–८ रानीमहल नजिकैको कालीगण्डकी नदीमा बन्दै गरेको पुल नजिक पौडी खेल्ने क्रममा बेपत्ता भएको स्थायी प्रहरी बिट रानी महलका प्रमुख डिल्लीराम भट्टराईले जानकारी दिए । बेपत्ताको खोजीकार्य जारी रहेको पनि उनले बताए ।

यसैगरी चौतारा सिन्धुपाल्चोकको ठूलोढुंगास्थित सुनकोशी नदीमा पौडी खेल्दा आज एक युवक बेपत्ता भएका छन् ।

नयाँ वर्षको उपलक्ष्यमा वनभोज खान गएका सुनकोसी गाउँपालिका–४ यमुनाडाँडा निवासी १८ वर्षीय रुपेश खड्कालाई पौडी खेल्ने क्रममा सुनकोशीले बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मोहनप्रसाद पोखरेलले बताए । बेपत्ता युवकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

देशभरका स्थानीय तहले ल्याए बजेट, यसकारण  बालेन र हर्कले ल्याउन सकेनन् बजेट

Balen and harka 1024x500

काठमाडौं । आज देशभरिका स्थानीय तहहरुले आगामी आर्थिक वर्ष २०८२र८३ का लागि बजेट ल्याएका छन् । तर २४...