के साच्चै फेसबुक बन्द होला त ? 

Sanchar mantralaya

काठमाडौं । धेरैलाई लागेको नयाँ वर्ष लागेपति सामाजिक सञ्जाल फेसबुक बन्द हुन्छ भनेर । एकपटक कल्पना पनि गर्नुस् त फेसबुक बन्द भयो भने के होला ?

तर नआत्तिनुस्, फेसबुक बन्द हुँदैन । किनकी सरकारले नै नयाँ र्षदेखि फेसबुक लगायतका अन्य सामाजिक सञ्जाल बन्द हुन लागेको कुरा असत्य भएको बताएको छ ।

नयाँ वर्षपछि फेसबुक लगायतका सामाजिक सञ्जाल बन्द हुने हल्ला फैलिएपछि सञ्चार तथा सुचना प्रविधी मन्त्रालयले विज्ञप्ती जारी गरेर फेसबुक सहितका सामाजिक सञ्जाल नेपालमा बन्द हुने कुरा अफबाह मात्रै रहेको प्रष्ट पारेको छ ।

केही सातादेखि सञ्चार मन्त्रालयको लेटर प्याडको प्रयोग गरेर नयाँ वर्ष २०७५ साल बैशाख १ गतेदेखि फेसबुक सहितका सामाजिक सञ्जाल बन्द हुने कुरा सामाजिक सञ्जालमा फैल्याइएको थियो । तर, मन्त्रालयले त्यसको खण्डन गर्दै हल्लाको पछि नलाग्न आग्रह गरेको छ ।

‘यस मन्त्रालयले फेसबुकसहितका कुनै पनि सामाजिक सञ्जाल बन्द गराउने, प्रतिबन्ध लगाउने गरी कुनै निर्णय गरेको छैन’, मन्त्रालयका सहसचिव तथा प्रवक्ता रामचन्द्र ढकालले भने, ‘त्यस्तो गलत सूचना प्रवाह गर्ने व्यक्तिलाई कानुनी कारवाही चलाउन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोलाई अनुरोध गरिसकेका छौँ ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

देशभरका स्थानीय तहले ल्याए बजेट, यसकारण  बालेन र हर्कले ल्याउन सकेनन् बजेट

Balen and harka 1024x500

काठमाडौं । आज देशभरिका स्थानीय तहहरुले आगामी आर्थिक वर्ष २०८२र८३ का लागि बजेट ल्याएका छन् । तर २४...