रारामा रमाउँदै बैठक गर्दै मन्त्रीहरु, ओलीको सम्बोधन शनिबार

Kp karnali

काठमाडौं । बाम गठबन्धनको सरकार बनेपछि कर्णाली प्रदेशका सबै मन्त्रीहरु रारा पुगेका छन् ।

कर्णाली मन्त्री परिषद्को बैठक बस्न उनीहरु कर्णाली प्रदेशमा रहेको मुगु जिल्लामा पुगेका हुन् । मन्त्रीहरु पहिलोपटक रारा पुगेका कारण रमाउँदै बैठकमा सहभागी भएका थिए ।

शुक्रबार साँझ बैठक रारा ताल परिसरमा बैठक बस्दा उनीहरु रमाउँदै निर्णय गरेका थिए । मुगु जिल्लामा रहेको यो नेपालकै सबैभन्दा ठूलो ताल हो ।

समुन्द्री सतहबाट २ हजार ९ सय ७२ मिटर उचाइमा रहेको रारा तालमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित मन्त्रीहरु पनि पुगेका छन् । शनिवार प्रधानमन्त्री केपी शर्मा ओलीले राराबाटै देशबासीका नाममा सम्बोधन गर्नेछन् ।

प्रधानमन्त्री ओलीले प्रदेश सरकारले मनाउन लागेको रारा कर्णाली पर्यटन वर्षको उद्घाटन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री ओलीले ओलीले शनिवार रारा परिसरबाट शनिबार बिहान ८ बजे प्रधानमन्त्री ओलीले देशबासीका नाममा सम्बोधन गर्ने तय भएको उनको सचिवालयले जनाएको छ ।

शनिबार अपराह्न ३ बजे प्रधानमन्त्री ओलीको अध्यक्षतामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको तेस्रो सिनेट बैठकपनि बस्ने छ ।

प्रधानमन्त्री ओलीसँगै रक्षामन्त्री ईश्वर पोखेरल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल, संस्कृति, पर्यटन तथा नगारिक उडड्यनमन्त्री रवीन्द्रप्रसाद अधिकारी, पूर्वमन्त्री जनार्दन शर्मा, कर्णाली प्रदेशका प्रमुख दुर्गाकेशर खनाल, मुख्यमन्त्री महेन्द्रबहादुर शाही, सभामुख राजबहादुर शाही, प्रदेश सरकारका मन्त्रीलगायत, सांसद, स्थानीय सरकारका प्रमुख, नेपाल सरकारका उच्च अधिकारी रहेका छन्।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

देशभरका स्थानीय तहले ल्याए बजेट, यसकारण  बालेन र हर्कले ल्याउन सकेनन् बजेट

Balen and harka 1024x500

काठमाडौं । आज देशभरिका स्थानीय तहहरुले आगामी आर्थिक वर्ष २०८२र८३ का लागि बजेट ल्याएका छन् । तर २४...