मुसहर महिलाका लागि पतिङ्गर अतिरिक्त आम्दानीको स्रोत

Patkar bokeko

बर्दिवास । महोत्तरी जिल्लाका वन क्षेत्रमा अहिले पतिङ्गर सोहोर्नेको चहलपहल निकै बढेको छ । पूर्वपश्चिम राजमार्गको दायाँबायाँका सामुदायिक वन र सागरनाथ वन विकास परियोजनामा अहिले पातपतिङ्गर सोहोर्नेको चहलपहल निकै बढेको हो ।

जिल्लाको बर्दिवास र गौशाला नगरपालिका क्षेत्रमा पर्ने वन क्षेत्रमा टाढाटाढाबाट पतिङ्गर सोहोर्न पुग्नेमा मुसहर जातिका दलित समुदायका महिला बढी देखिएका छन् । जिल्लाका औरही र भङ्गाहा नगरपालिकाका मुसहर महिला १५/२० किलोमिटर छिचोलेर पतिङ्गर सोहोर्न अहिले वन क्षेत्रमा व्यस्त देखिएका हुन् ।

पछिल्ला केही वर्षयता परवल र ओल खेती गर्ने किसानको सङ्ख्या र क्षेत्रफल बढ्दै गएपछि मुसहर महिलाका लागि पतिङ्गर अतिरिक्त आम्दानीको स्रोत बनेको छ । ओल र परवल रोपेपछि माटोको चिस्यान बचाइराख्न पतिङ्गरले छोप्ने गरिएकाले जिल्लामा पतिङ्गर आम्दानीको स्रोत बनेको यो काममा लागेका मुसहर महिला बताउँछन् ।

‘जंगलके गिरल पत्ता समेट्क एक ठाम करैछि,’ वनमा पतिङ्गर सोहोरेर एक ठाउँ जम्मा गर्छौं पतिङ्गर सोहोर्न बर्दिवास ८ हाथीलेटको सागरनाथ वन विकास परियोजनाको प्लटमा पुगेकी भङ्गाहा ४ रामनगरका जितो सादा मुसहरले भने, ‘खेती करवालासब् अही ठाम आ’क ललेइछै’ किसानले यहीँ आएर लिने गर्छन् । सोहोरेर थुपारिएको पतिङ्गरबाट राम्रै रकम पाउने गरिएको मुसहर महिला बताउँछन् ।

मुसहरका लागि पतिङ्गर थप आम्दानीको स्रोत र आफ्नै घरमा खाना पकाउने इन्धन हुने गरेको छ । शुरुका केही दिन थुपारिएको पतिङ्गर बेचिएपछि घर फर्कने बेलामा इन्धनका लागि घर पनि लाने गरिएको गौशाला नगरपालिकाको लक्ष्मीनियाँस्थित परियोजनाको प्लटमा पतिङ्गर सोहोरिरहेका औरही नगरपालिकाको टिम्किया बस्तीका पारो सादाले बताइन ।

अहिले खेतीपातीमा धमाधम बेला नभएकाले मुसहर महिलाका लागि फुर्सदको उपयोग गर्दै केही आर्जन गर्न वनजंगलमा पतिङ्गर सोहोर्नु खास अवसर भएको छ । अहिले पातपतिङ्गर सोहोरेर भएको आर्जनले घरगुजारा चलाएर दैनिकजसो एक/दुई सय रुपैयाँ जोगिने गरेको भङ्गाहा २ बखरीटोलका मङ्गली सादा बताउँछिन् ।

‘हजुर, अखैन गिरत सब्के खेतमे कोनो काम नइ अई,’ हजुर अहिले मालिकका खेतमा कुनै काम छैन बर्दिवास ५ को माईस्थान वन क्षेत्रमा पतिङ्गर सोहोरिरहेका बर्दिवास ९ पशुपतिनगरका इजोतिया सादाले भनिन, ‘तही स दु चार ढौवाके जोगारमे लागल छि त्यसैले दुई/चार पैसा आर्जन हुने काममा छौँ ।’

जिल्लाको भङ्गाहा नगरपालिकाका सकरी, बनरा, रामनगर, टिकुलिया, भीमगढ, हतिसर्वा, सिङग्याही, धर्मपुर, हरिहरपुर हरिनमरी र औरही नगरपालिकाको सोनामाई, टिम्किया, चेप्कोट, भोइल सहितका बस्तीबाट आएका दलित महिला अहिले जिल्लाको उत्तरी क्षेत्रस्थित वन क्षेत्रमा पतिङ्गर सोहोर्न व्यस्त देखिएका छन् ।

माघदेखि चैतसम्म वनका रूखका पुराना पात झर्ने र यसबीच हुने वर्षाले वनभरि असरल्ल फिजिएका पतिङ्गर सोहोर्न सजिलो हुने मुसहर महिलाको भनाइ छ । अहिले पछिल्लो एक सातायता दैनिकजसो १००/१५० को हाराहारीमा मुसहर महिला वनमा पतिङ्गर सोहोरिरहेका भेटिने गरेका बर्दिवास ४ माईस्थान भब्सीका राजनीतिक, सामाजिक कार्यकर्ता शुभनारायण साहले बताए ।

मुसहर महिलाले सोहोरेका पतिङ्गरले आपूmहरुलाई निकै सजिलो भएको परवल र ओल खेती गर्ने किसान बताउँछन् । पातपतिङ्गर सोत्तर सोहोर्न अन्य घरकामले नभ्याएका बेला मुसहर महिलाले थालेका कामले आपूmहरुलाई निक्कै सजिलो भएको बर्दिवास ५ का परवल किसान धनबहादुर स्याङ्वाले बताए ।

ओल र परवल रोपिएको जग्गा पातपतिङ्गरले छोप्दा चिस्यान रहिरहने भएकाले अहिले यसको बिक्री निक्कै बढेको छ । पतिङ्गरको किनबेच हुन थालेपछि अहिले यो काम राम्रो रोजगारी बनेको उद्यमीको भनाइ छ । दलित महिलाले फुर्सदको समय उपयोग गर्दै थालेका काममा अन्य समुदायले समेत चासो बढाउन थालेका बर्दिवास उद्योग वाणिज्य संघका सचिव ज्ञानबहादुर बस्नेत बताउँछन् ।

वन क्षेत्रमा पतिङ्गर सोहोर्नेको चहलपहलले वन्यजन्तु र चराचुरुङ्गी भने भाग्न थालेका छन् । धूमपान बिँडी, चुरोट गर्ने लतका महिलाले राम्ररी ननिभाइएको बिँडी चुरोटको ठुटा र सलाईको काँटीले वनमा आगलागीका घटना भने बढाएको वन हेरालुको गुनासो छ । यता पतिङ्गर सोहोर्न वन क्षेत्र पुगेका महिलाले भने वन क्षेत्रसँगै जोडिएका बस्तीका बासिन्दाले डढेलो लगाइदिँदा पतिङ्गर खोज्न भौँतारिनु परेको गुनासो गरेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...