कहाँ हरायो सेनाको व्यारेकभित्रै ६ अर्ब ५९ करोड रुपैयाँ ?
काठमाडौं । महालेखा परीक्षकको कार्यालयले आर्थिक वर्ष २०७३/७४ को ५५ औँ वार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बिहीबार बुझाएपछि सरकारी निकायका खैलाबैला मच्चाएको छ ।
महालेखाको प्रतिवेदनले अधिकांस सरकारी कार्यालयमा वेरुजु भएको देखाएको छ । तथापि सुरक्षा अंगभित्र देखिएको वेतिथीले भने लोकलाई हसाएको छ ।
एक आर्थिक वर्षमा मात्रै रक्षा मन्त्रालयको ६ अर्ब ५९ करोड रुपैयाँ बेरुजू रहेको छ । जुन लज्जास्पद मात्रै छैन, सेनाको गौरवपूर्ण इतिहासलाई नै धमिलो बनाइदिएको छ ।
आखिर कहाँ हरायो त त्यति धेरै पैसा ? कतै बेरुजुको नाममा सीमित व्यक्तिले त रजाई गरेनन् ? खरिद प्रक्रिया, निर्माण तथा रासन खरिदमा बढि बेरुजू देखिएको हो। राज्यको नोक्सान हुने यस्तो समस्या धेरै देखिएको प्रतिवेदनमा उल्लेख छ ।
त्यति मात्रै होइन, नेपाली सेनाका लागि दुध र बिस्कुट खरिद गर्दा गुणस्तर परीक्षण नगराईएको, ठेक्का प्रक्रिया भन्दा बाहिर अर्थात् अमानतबाट रासन खुवाउँदा आर्थिक व्ययभार पारेको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।
महालेखाले नेपाली सेनाका ७ कार्यालयले राशन खुवाउन सम्झौता गरेका आपूर्तिकर्ताहरुले सम्झौताअनुसार राशन आपूर्ति नगरेको कारण निजहरुसँगको सम्झौता अन्त्य गर्न निर्देशन दिएको छ ।
राशनका लागि अर्को ठेक्का व्यवस्था नभएसम्म विगतमा सम्झौता अनुसारको राशन नखुवाउँदा १ करोड १४ लाख ३० हजार बढी व्ययभार परेकोले उक्त रकम सम्बन्धितबाट असुल गर्न निर्देशन पनि दिएको छ ।
यतिसम्म महालेखाले महालेखाले पश्चिम पृतना हेडक्बाटरले १ करोड ६७ लाख र नं.३ बाहिनी अड्डा खैरेनीटारले ४८ लाख ३९ हजारको राशन आपूर्ति नगरेका आपूर्तिकर्ताले सम्झौता गर्दा पेस गरेको कार्यसम्पादन जमानत रकम जफत गरी राजस्व दाखिला गर्न निर्देशन दिएको छ ।
प्रतिकृया दिनुहोस