निर्वाचन सकियो, म्यादी प्रहरी भर्नामा अनियमिता अहिले !

Myadi police 30

काठमाडौं । निर्वाचन सम्पन्न गर्न सरकारले म्यादी प्रहरी भर्ना ग¥यो । त्यसबेला म्यादी प्रहरीले सेवा सुविधाका लागि आन्दोलन नै गर्नुपर्ने अवस्था अायो । आखिर किन त ? भन्ने रहस्य बल्ल खुल्न थालेको छ । 

केही जिल्लामा म्यादी प्रहरीले आफुले पाउँदै आएको राशनपानीमा प्रश्न घोटला भएको भन्दै आन्दोलन गरे । एक जना म्यादीको त मृत्यु नै भयो । तर अहिले म्यादी प्रहरी भर्ना गर्दा कति अनियमितता भएको रहेछ भन्ने त्यसको एक वर्षपछि पुष्टि भएको छ ।

सरकारले स्थानीय, प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचन गर्न देशभर ५१ हजार ३ सय ६४ जना म्यादी प्रहरी भर्ना गरेको थियो । तर, सरकारकै एउटा निकाय महालेखाले त्यसको पुष्टि हुने प्रमाण नभएको बताएको छ ।

महालेखानियन्त्रक कार्यालयले म्यादी प्रहरी भर्ना गर्दा आवश्यक प्रक्रियासमेत पूरा नगरेको भन्द त्यसमा छानविन गर्न सुझाव दिएको छ ।

जिल्ला प्रहरी कार्यालय, सुर्खेतले ८ सय ५३ म्यादी प्रहरी भर्ना गर्दा छनौटमा आवेदन फाराम दर्ता गर्दादेखि नै गलत प्रक्रिया अपनाइएको जनाएको छ ।

महालेखाले त ८ सय ५३ जनाको तलब भत्तामा ४ करोड ४ लाख ९१ हजार रुपैँया, राशनमा १ करोड २० लाख ५३ हजार रुपैँया समेत गरि ५ करोड २५ लाख ४४ हजार खर्च लेखेकाले छानबिन गरी संलग्नलाई कारबाही गर्न सिफारिस गरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...