बलात्कारीलाई फासीको सजाय हुनुपर्छ : मुख्यमन्त्री राउत

Lal babu raut 6

काठमाडौँ । दुई नम्बर प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले बलात्कारीलाई फासीको सजाय हुनुपर्ने बताएका छन् । उनले कडा कानून नबनाए बलात्कारीलाई तह लगाउन नसकिने बताए ।

बलात्कारीलाई फासीको सजाय दिने कानूनी व्यवस्था नगरेसम्म महिला अस्मिताको सुरक्षा नहुँने बताउँदै राउतले भने, ‘फासीको कुरा उठाएर मैले संविधान र मानवअधिकारको खिलाफ गर्न खोजेको हैन, तर घटनाक्रमलाई हेर्दा बलात्कार जस्तो जघन्य अपराधलाई फासीको सजाय शिवाय केहीले तह लागाउँन सक्दैन ।’ बलात्कारका घटना नरोकिनुको प्रमुख कारण फितलो कानुन भएको उनको भनाइ छ ।

मुख्यमन्त्री राउतले निर्वाचनपछि अपराधको ग्राफ बढ्नुको अर्को कारणमा अधिकारका लागि प्रदेश र संघीय सरकारबिच चलिरहेको द्वन्द्वको अवस्था भएको बताए ।

‘चुनावपछि प्रदेश सरकार गठन भयो तर अपराध नियन्त्रणका लागि प्रदेश मातहत न प्रहरी छ, न प्रशासन’ उनले भने । अधिकारविहीन प्रदेश सरकारले जनताको अपेक्षा बमोजिम सुरक्षा दिन नसकेको राउतले दाबी गरे ।

कार्यक्रममा छोरीको शिक्षामा जोड, महिला शिक्षाका लागि विशेष प्रकारको सुविधा राखिएको प्रदेश २ मा छोरी जन्मने वित्तिकै जीवन विमा गरिदिने सरकाले नीति ल्याएको राउतले बताए ।

‘मधेशमा छोरी ‘भार’ नहोउन् भनेर बीमाको नीति ल्याएका हौ, महिलालाई अगाडी नबढाए प्रदेशलाई १ नम्बर बनाउने अभियान अघि बढ्न सक्दैन ।’ त्यसैले म भन्छु बलात्कारीबिरुद्ध कडा कानून बन्नुपर्छ ।

अपराधीमा भय बढोस् महिलाले सुरक्षा महशुस गरुन् र प्रदेशको विकास निर्माणमा निर्भिकतासाथ लाग्ने बातावरण सृजना हुनुपर्ने मुख्यमन्त्री राउतको भनाइ छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

देशभरका स्थानीय तहले ल्याए बजेट, यसकारण  बालेन र हर्कले ल्याउन सकेनन् बजेट

Balen and harka 1024x500

काठमाडौं । आज देशभरिका स्थानीय तहहरुले आगामी आर्थिक वर्ष २०८२र८३ का लागि बजेट ल्याएका छन् । तर २४...