इँटा भट्टालाई बालश्रममुक्त बनाउन जोड

Eta

विराटनगर । मुलुकमा सञ्चालित इँटा भट्टालाई बालश्रममुक्त र वातावरणमैत्री बनाउनका लागि जनचेतना जगाउन यहाँ अभियान सञ्चालन गरिएको छ ।

मुलुकका १४ जिल्लाका २३ इँटा भट्टाको हालै एउटा संस्थाले अध्ययन अनुगमन गरेको थियो । ‘ग्लोबल फेयरनेर इनसेटिभ नेपाल र ग्रेटर विक्र नेपाल’ले आज यहाँ पत्रकार सम्मेलन गरी इँटा भट्टा बालश्रममुक्त हुनु पर्ने, स्वास्थ्य सुरक्षामा ध्यान दिइनु पर्ने, वातावरण मैत्री हुनुपर्ने, आवास सुविधागायत कुरामा जोड दिएको छ ।

इन्सेटिभ नेपालका अध्यक्ष होमनाथ आचार्यले इँटा भट्टालाई उद्योगको रुपमा दर्जा दिइनुपर्ने र बालश्रम प्रयोग भएका इँटा उद्योगमाथि निगरानी गरिनुपर्ने बताए ।

‘गेटर ब्रिक नेपाल’का अध्यक्ष डिल्लीराम गिरीले सरकारले इँटा भट्टामा बालश्रम न्यूनीकरणका लागि कानून निर्माण गर्नुपर्नेमा जोड दिए ।

नेपाल पत्रकार महासंघ मोरङका कार्यबाहक अध्यक्ष कुमोद अधिकारीले इँटा भट्टालाई बालश्रममुक्त बनाउन महासंघले जनचेतना जागरण अभियानमा सहयोगीको भूमिका खेल्ने बताए ।

संस्थाले अगुमन गरेका इँटा भट्टामा बालबालिकाका लागि आवासीय विद्यालय स्थापना, खेलकूद मैदान, स्वास्थ्य उपचार र स्वस्थ्य आवासको लागि काम गर्दैआएको छ ।

मुलुकभरी इँटा भट्टामा करिब ६ लाख बालमजदुर कार्यरत छन् । एक हजार २९४ इँटा उद्योगमा करिब दुई २ लाख व्यक्तिले रोजगार पाएका छन् । प्रत्येक वर्ष ३ अर्ब ५० करोडभन्दा बढी इँटा उत्पादन भइरहेको छ भने आगामी सन् २०२० सम्ममा करिब ५ अर्ब इँटा उत्पादन गर्ने लक्ष्य छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...