मलेसियन नागरिकले गरे विपन्न परिवारका विद्यार्थीलाई सहयोग

Money

बाजुरा । शिक्षामा सहज पहुँच अभिवृद्धिका लागि अति विपन्न समुदायका ३४ जना बालबालिकालाई मलेसियन नागरिक चोङ लिमले शैक्षिक सामग्री सहयोग गरेका छन् ।

चीनमा जन्मिएर मलेसियालाई कर्म थलो बनाएका लिम संगीत पेशामा आवद्ध छन् । संगीत भरेवापत प्राप्त हुने रकमको केही अंश उनले गरीब राष्ट्रका विपन्न समुदायका बालबालिकालाई सहयोग गर्दै आएका छन् ।

उनले १ लाख ४५ हजार बराबरको शैक्षिक सामग्री सहयोग गरेको समन्वयकारी भूमिका निर्वाह गरेका लक्ष्मण जोशीले बताए ।

शैक्षिक सामग्रीस्वरुप ड्रेस, झोला, कलमलगायतका सामग्री दिइएको छ । भने ५ जना परिवारलाई २५ केजी मसिनो चामल र दाल सहयोग गरिएको छ ।

संगीत संयोजक गरेको पैसाबाट गरीव राष्ट्रका बालबालिकालाई शिक्षा आर्जनमा सहयोग गर्ने गरी बाजुरा आइपुगेको र सहयोगलाई निरन्तरता दिने बाल परामर्शदाता समेत रहेका चोङ लिमले बताए ।

उनले विपन्न परिवारका लागि आगामी दिनमा सस्तो लगानीको घर निर्माण गर्ने र दुई महिनापछि कोल्टी क्षेत्रमा आएर विपन्न बालबालिकालाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

देशभरका स्थानीय तहले ल्याए बजेट, यसकारण  बालेन र हर्कले ल्याउन सकेनन् बजेट

Balen and harka 1024x500

काठमाडौं । आज देशभरिका स्थानीय तहहरुले आगामी आर्थिक वर्ष २०८२र८३ का लागि बजेट ल्याएका छन् । तर २४...