नेपाल आदिवासी जनजाति महासंघले ग¥यो बिदा कटौतीको विरोध

Aaaa

बागलुङ । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् बागलुङले बिदा कटौतीको निर्णय फिर्ता लिन सरकारसंग आग्रह गरेका छन् ।

परिषद्ले यहाँ आज पत्रकार सम्मेलनको आयोजना गरी सांस्कृतिक पर्वमा दिइँदै आएको बिदा काटेर सरकारले पहिचान मेटाउन खोजेको आरोप लगाएको छ ।

परिषद्का अध्यक्ष बोमबहादुर गुरुङले सम्बन्धित पक्षसँग परामर्शसमेत नगरी सरकारले एक पक्षीय ढंगले बिदा खारेजीको निर्णय गर्नु दुःखद रहेको बताए ।

‘देश निर्माणमा ३६५ दिन नै हामी खट्न तयार छौँ’, उनले भने, ‘तर मौलिक पर्वमा दिइने बिदा कटौती जायज छैन ।’

अध्यक्ष गुरुङले सांस्कृतिक पर्व, रीतिरिवाज राज्यको सम्पत्ति भएको भन्दै त्यसको जगेर्ना गर्नुपर्ने धारणा व्यक्त गरे ।

नेपाल मगर संघ बागलुङका अध्यक्ष गणेश थापामगरले आदिवासी, जनजाति समुदायको भावनाको कदर हुनुपर्नेमा जोड दिदैं समृद्धिको नाममा संस्कृति र इतिहासलाई बिर्सन नमिल्ने बताए ।

महासंघ बिदा कटौतीको निर्णय फिर्ता लिनुपर्ने सहितका विविध माग राखी अहिले शान्तिपूर्ण आन्दोलनमा छ ।

तमु ल्होसार, सोनाम ल्होसार, ग्याल्वो ल्होसार, उधौली, उभौली, माघी लगायतका सांस्कृतिक पर्वमा गरिएको बिदा कटौतीको निर्णय फिर्ता लिनुपर्ने महासंघले जनाएको छ ।

महासंघले विभिन्न समयमा आदिवासी, जनजाति समुदायसँग सरकारले गरेका सम्झौताको कार्यान्वयनमा जोड दिनुपर्ने उल्लेख गर्दै पहिचानको पक्षमा भएका आन्दोलनका क्रममा जेल परेका बन्दीको रिहाइएको माग गरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

देशभरका स्थानीय तहले ल्याए बजेट, यसकारण  बालेन र हर्कले ल्याउन सकेनन् बजेट

Balen and harka 1024x500

काठमाडौं । आज देशभरिका स्थानीय तहहरुले आगामी आर्थिक वर्ष २०८२र८३ का लागि बजेट ल्याएका छन् । तर २४...