जिल्लाका कुनकुन कार्यालय खारेज हुँदैछन् ? हेर्नुस् सुची

Ofice khareji

काठमाडौं । देश संघीय संरचना गएसँगै जिल्लामा रहेका दुई दर्जन भन्दा बढी सरकारी कार्यालय खारेज भएका छन् ।

सरकारले जिल्लाका सबै अधिकार स्थानीय निकायलाई दिएसँगै जिल्लामा रहेका दुई दर्जन सरकारी कार्यलय खारेज भएका हुन् । जिल्ला शिक्षा कार्यालय भने आगामी असारसम्म कायम रहने छ ।

खारेजीमा परेका कार्यालयहरुबाट हुँदै आएको काम अब स्थानीय तहमार्फत हुनेछन् । योसँगै स्थानीय निकायले थप अधिकार पाएको छ ।
खारेज भएका सरकारी कार्यालयहरुका चलअचल सबै सम्पत्ति स्थानीय तह मातहत आएको छ ।

खारेजीमा परेका कार्यालयहरुको चलअचल सम्पत्ति र दायित्व हस्तान्तरण गर्न ७७ वटै जिल्लामा जिससको संयोजकत्वमा समिति बनाइएको छ ।

समितिमा विषयगत कार्यालयका प्रमुख, कोष तथा लेखा नियन्त्रक कार्यालय प्रमुख, जिल्ला प्रशासन कार्यालयका अधिकृत र जिल्ला समन्वय अधिकारी छन् ।

यी हुन् खारेजीमा परेका कार्यालय

कृषि
डिभिजन सहकारी
खानेपानी
वन
सिंचाइ
भूसंरक्षण
जनस्वास्थ्य
मालपोत
नापी
भूमिसुधार कार्यालय
महिला विकास

प्रतिकृया दिनुहोस

साताको लोकपृय

देशभरका स्थानीय तहले ल्याए बजेट, यसकारण  बालेन र हर्कले ल्याउन सकेनन् बजेट

Balen and harka 1024x500

काठमाडौं । आज देशभरिका स्थानीय तहहरुले आगामी आर्थिक वर्ष २०८२र८३ का लागि बजेट ल्याएका छन् । तर २४...