दुबै प्रहरी संगठनमा खनाल दाजु भाई बने आइजीपी

Ijp niyukta

कठमाडौं । सरकारले नेपाल प्रहरीमा सर्वेन्द्र खनाल र सशस्त्र प्रहरीमा शैलेन्द्र खनाललाई आइजीपी नियुक्त गरेको छ ।

नेपाल प्रहरीका महानिरीक्षक प्रकाश अर्याल र सशस्त्र प्रहरीका महानिरीक्षक सिंहवहादुर श्रेष्ठ ३० वर्षे अवधिका कारण अवकाश हुँदैछन् । उनीहरुले अवकाश हुनु एकदिन अघि बल्ल सरकारले नयाँ आइजीपी नियुक्त गरेको हो ।

लामो समयको रस्साकस्सीपछि सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरीमा खनाल द्धयलाई आइजीपी नियुक्त गरेको हो । आज विहान बसेको मन्त्रीपरिषद् बैठकमा आइजीपी नियुक्त हुन नसकेपछि अहिले साँझ बसेको मन्त्री परिषद्को बैठकले नयाँ आइजीपी नियुक्त गरेको हो ।

आइजीपी नियुक्तीको विषयमा कुरा नमिलेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी अध्यक्ष प्रचण्ड र गृहमन्त्री रामवहादुर थापा बादलसँग निक्कै लामो छलफल गरेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

देशभरका स्थानीय तहले ल्याए बजेट, यसकारण  बालेन र हर्कले ल्याउन सकेनन् बजेट

Balen and harka 1024x500

काठमाडौं । आज देशभरिका स्थानीय तहहरुले आगामी आर्थिक वर्ष २०८२र८३ का लागि बजेट ल्याएका छन् । तर २४...