छुट्टाछुट्टै दुर्घटना ११ घाइते दुईको अवस्था गम्भिर

Accedent

चितवन । पूर्वी चितवनको राप्ती नगरपालिकास्थित पूर्वपश्चिम राजमार्गमा आज छुट्टाछुट्टै दुई घटना हुँदा ११ जना घाइते भएका छन् ।

तीमध्ये दुई जनाको अवस्था गम्भीर छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार राप्ती नगरपालिका– ३ झुरझुरेमा पूर्वतर्फ जाँदै गरेको लु १ ख ८९४६ नं को बसले विपरीत दिशातर्फ आउँदै गरेको ना ५३ प ७८३१ नं को मोटरसाइकललाई बिहान ठक्कर दिएको थियो ।

चालक मकवानपुर, मनहरिका २५ वर्षीय मंगलसिंह तामाङ र सोही ठाउँका मोटरसाइकल पछाडि सवार २० वर्षीय संजोग तामाङ गम्भीर घाइते भएकामा पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।

सोही ठाउँ नजिकै आज बिहान नारायणगढतर्फ आउँदै गरेको बा ३ ख ७३८६ नं को यात्रुवाहक बस अनियन्त्रित भई सडकमा पल्टिँदा नौजना घाइते भएका थिए ।
 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

देशभरका स्थानीय तहले ल्याए बजेट, यसकारण  बालेन र हर्कले ल्याउन सकेनन् बजेट

Balen and harka 1024x500

काठमाडौं । आज देशभरिका स्थानीय तहहरुले आगामी आर्थिक वर्ष २०८२र८३ का लागि बजेट ल्याएका छन् । तर २४...