व्यवसायीलाई औद्योगिक उपकरण प्रदान

Photo gharelu news

डोटी । डोटीमा व्यवसाय गर्दै आएका घरेलु तथा साना उद्योगीलाई ८० प्रतिशत अनुदानमा औद्योगिक उपकरण प्रदान गरिएको छ ।

घरेलु तथा साना उद्योग विकास समितिको चालू आर्थिक वर्ष २०७४/०७५ को वार्षिक कार्यक्रमअनुसार घरेलु तथा साना उद्योगलाई प्रविधि सहयोग कार्यक्रमअन्तर्गत छनोटमा परेका ४९ व्यवसायीलाई सोमबार एक कार्यक्रमका बीच उक्त अनुदान वितरण गरिएको हो ।

प्रविधि सहयोग कार्यक्रमका लागि चालू आवमा २३ लाख २५ हजार रकम छुट्याइएको थियो । जसमा पाँच प्रतिशत ढुवानीमा खर्च गरेर बाँकी २२ लाख ३ हजारको लघु घरेलु तथा साना उद्योगका लागि आवश्यकताअनुसार मेशिनरी औजार, कम्प्युटर आदि प्रविधि खरिद गरेर वितरण गरिएको घरेलु तथा साना उद्योग विकास समिति डोटीका नि निर्देशक माधव सुवेदीले बताए ।

घरेलुले अनुदानमा होटेल, रेष्टुराँ, पोल्टी फर्म, फुडप्रोडक्सन, सिमेण्ट ब्लक उद्योग, पसल, फर्निचर उद्योग, कुटानीपिसानी मिल, डेरी उद्योग, सिलाइ सेण्टर, मैनबत्ती उद्योग, छाला जुत्ता उद्योग, एग्रो प्रोडक्सन प्रालि, सप्लार्र्यस, अटो वर्कसप, बाख्रापालन फर्म, कम्प्यूटर एजुकेसन, इन्सच्यूट, तरकारी उत्पादन व्यवसाय, आरन उद्योग, मासु पसल, अगरबत्ती उद्योगलगायतका लघु घरेलु तथा साना उद्योगलाई आवश्यकताअनुसारको औद्योगिक उपकरण प्रदान गरेको छ ।

व्यवसायी हर्षित

आफ्नो योजना र थोरै लगानीमा घरेलु तथा साना उद्योग विकास समितिले गरेको ८० प्रतिशत अनुदानले जिल्लाका व्यवसायी हर्षित बनेका छन् ।

राष्ट्रको आर्थिक विकास र केही सीप सिकेका व्यक्तिलाई रोजगारीको अवसर प्रदान गर्न पाउँदा व्यवसायीमा हर्ष देखिन्छ । घरेलु तथा साना उद्योग विकास समितिबाट विगतदेखि नै अनुदान प्राप्त गरेका दिसिनपा–४ मा व्यवसाय गर्दै आउका सफल व्यवसायी धर्मसिंह धामी अहिले सतनाम पुडप्रोडक्टबाट राम्रो आम्दानी गर्नुका साथै केही व्यक्तिलाई रोजगारी प्रदान गर्न सकेकोमा खुशी व्यक्त गरेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...