पौडी खेल्ने क्रममा कालीगण्डकी नदीमा दुई बालक बेपत्ता

Index 27

पाल्पा । रम्भा गाउँपालिका–१, हुँगीमा दुई बालक नदीमा पौडी खेल्ने क्रममा सोमबार दिउँसोदेखि बेपत्ता भएका छन् ।

कालीगण्डकी नदीमा पौडी खेल्न गएका ३ जना मध्ये दुई जना बालक नदीमा बेपत्ता भएका हुन् ।

बेपत्ता हुनेमा हुँगीका ५ वर्षीय सरोज राना र सोही स्थानका ४ वर्षीय अविरल पुन रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी विनोद घिमिरेले जानकारी दिए ।

साथीहरु नदीमा पौडी खेल्ने क्रममा हराएको जानकारी दिइएपछि मात्र बेपत्ता भएको घटना बाहिर आएको हो । प्रहरीले आज बिहानदेखि नदी आसपासको क्षेत्रमा खोजी कार्य भइरहेको जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

देशभरका स्थानीय तहले ल्याए बजेट, यसकारण  बालेन र हर्कले ल्याउन सकेनन् बजेट

Balen and harka 1024x500

काठमाडौं । आज देशभरिका स्थानीय तहहरुले आगामी आर्थिक वर्ष २०८२र८३ का लागि बजेट ल्याएका छन् । तर २४...