व्यवसायी भन्छन्, सिन्डिकेटको पक्षमा आन्दोलन हदैसम्मको हुन्छ

Yatayat 26

काठमाडौं । सरकारले यातयात क्षेत्रमा भएको सिन्डिकेट तोड्नरुट इजाजत खुला गरेपछि व्यवसायीले सरकार विरुद्ध कडा संघर्ष गर्ने घोषणा गरेका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको परिषद् भेलाले आन्दोलनबाटै सरकारलाई घुँडा टेकाउने ठोकुवा गरेको छ ।

सरकारकै निर्देशनमा यातायात व्यवस्था विभागले चैत १८ मा यातायात व्यवस्था कार्यविधि निर्देशिका संशोधन गरेर देशभरका सडकमा रुट इजाजत खुला गर्ने निर्णय गरेको थियो । तर, यातयात व्यवसायी त्यसको विरोधमा देखिएका छन् ।

सरकारले यातयात क्षेत्रमा सिन्डिकेट हटाउन गरेको निर्णयलाई सही मानेका थिए । तर, सीमित व्यवसायीले फेरि त्यसको विरोध जनाएका छन् ।

महासंघको परिषद् भेलाले पछि महासंघका महासचिव सरोज सिटौलाले सरकारले निर्णय नसच्याए हदैसम्मको आन्दोलनमा उत्रने निर्णय भएको बताए । उनले आफ्ना माग पहिले प्रधानमन्त्री, यातायात व्यवस्था मन्त्री र सातै प्रदेशका मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाउने बताए ।

ज्ञापन पत्र बुझाएर पनि मागको सुनवाई नगरे चरणवद्ध आन्दोलनमा जाने उनीहरुले बताएका छन् । परिषद बैठकले आन्दोलनका कार्यक्रम तय गर्ने जिम्मा कार्यसम्पादन समितिलाई दिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

देशभरका स्थानीय तहले ल्याए बजेट, यसकारण  बालेन र हर्कले ल्याउन सकेनन् बजेट

Balen and harka 1024x500

काठमाडौं । आज देशभरिका स्थानीय तहहरुले आगामी आर्थिक वर्ष २०८२र८३ का लागि बजेट ल्याएका छन् । तर २४...