११ दिनदेखि वेपत्ता डंगोल मारिएको विवरण उनकै फेसबुकबाट पोष्ट

Chitraman dangol

रसुवा । लहरेका २९ वर्षीय चित्रमान डंगोल बेपत्ता भएको ११ दिनपछि उनी मारिएको विवरण र तस्वीर उनकै फेसबुकमार्फत सार्वजनिक भएको छ ।

स्थानीय मोडर्न ट्रिनिटी इङ्लिस बोर्डिङका अध्यक्ष एवं संस्थापक समेत रहेका उनको फेसबुक एकाउन्टबाट सोमबार झाडीमा पल्टिरहेको मानिसको तस्वीर पोष्ट भएको हो ।

तस्वीरसँगै क्याप्सनमा १२ वर्षअघि उनले पोष्ट गर्ने व्यक्तिको भाइको पेटमा छुरा हानेको उल्लेख गरिएको छ । भनिएको छ, ‘मेरो भाइ भाग्यले बाँच्यो । यसलाई पनि म भाइको जस्तै हाल बनाउन चाहन्छु । तर, यो बाँच्यो भने मेरो बर्बाद पारिदिन्छ ।’

स्टाटसमा डंगोललाई सिध्याउन राम्रो मौका पाएको र डंगोलकै मोबाइलबाट यो जानकारी पोष्ट गर्न पाएको उल्लेख छ ।

रसुवा बजार बन्द, अनुसन्धानमा सीआईबीको मद्दत मागियो

डंगोल गत १५ चैतदेखि बेपत्ता थिए । भोलिपल्ट उनको परिवारले उनी हराएको भन्दै प्रहरीमा उजुरी दिएको थिए ।

उनको खोजी कार्यलाई व्यापक बनाइएको जिल्ला प्रहरी कार्यालय, रसुवाका प्रहरी नायब उपरीक्षक डिएसपी शरतकुमार थापा क्षेत्री बताउँछन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...