बालसन्तमाथि गोली प्रहार भएकोमा सर्वत्र चिन्ता

Balsanta 25

काठमाडौं । गएराती विराटनगरमा बालसन्त स्वामी श्रीनिवास आचार्यलाई गोली हानी हत्याको प्रयास गरिएकोमा चौतर्फी घटनाको निन्दा गरिएको छ ।

उनलाई विराटनगरको जतुवामा शौच गर्न घरबाट बाहिर निस्कँदा गोली प्रहार गरी हत्याको प्रयास गरिएको थियो । सो घटनाको विभिन्न राजनीतिक दल, सामाजिक संघ संस्था लगायतले त्यसको विरोध जनाएका छन् ।

एकीकृत राष्टिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) ले सो घटनाको निन्दा गरेको छ । सो पार्टीले धर्मनिरपेक्षको नाममा नेपाली संस्कृतमाथि प्रहार गर्न थालिएको भन्दै चिन्ता व्यक्त गरेको छ ।

सो पार्टीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले आइतवार विज्ञप्ती जारी गर्दै सो घटनाले नेपालमा अशान्ति, अराजकता तथा धार्मिक द्धेष फैलाउने योवनावद्ध प्रयासको सुरुवात भएको उल्लेख गरिएको छ ।

सो पार्टीले सो घटनामा संलग्न अपराधीलाई पक्राउ गरी कानुनी कठघरामा उभ्याउन सरकारसँग माग पनि गरेको छ ।

यता, राप्रपा (प्रजातान्त्रिक) का प्रवक्ता राजेन्द्र गुरुङले पनि विज्ञप्ति जारी गरी घाइते आचार्यको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै घटनामा संलग्न अभियुक्तलाई पहिचान गरी दण्डित गर्न आग्रह गरेका छन् ।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि विराटनगरमा धर्मगुरु आचार्य श्रीनिवासमाथि हत्या गर्ने उद्देश्यले शनिबार गरिएको गोली प्रहारको निन्दा गर्दै घटनाको अविलम्ब छानवीनको माग गरेको छ । हिन्दू जागरण अभियानले पनि सो घटनाको निन्दा गरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...