तीन दिवसीय योङ स्कलर समिट २०१८ को शुभारम्भ

Youth

काठमाडौं चैत्र २५ । राष्ट्र प्रथमको नारासहित तीन दिवसीय योङ स्कलर समिट शनिबारबाट काठमाडौंमा शुरु भएको छ । नीति अनुसन्धान प्रतिष्ठान, नेपालको आयोजनामा चैत्र २४ देखि २६ सम्म हुने समिटमा नेपाल, भारत र चीनमा अध्ययन पूरा गरेर आ—आफ्नो देशको महत्वपूर्ण स्थानमा काम गरिरहेका एक सय युवाहरुको सहभागिता छ ।

उनीहरुले विभिन्न क्षेत्रमा विचार र अनुभव राख्ने कार्यक्रमको मुख्य उद्देश्य रहेको छ । कार्यक्रमको उद्घाटन युवा तथा खेलकुद मन्त्रालयका सहसचिव रामप्रसाद थपलिया र नेपालका लागि भारतका कार्यवाहक राजदूत डा. अजयकुमारले गरेका थिए । कार्यक्रममा “नेपाल—भारत रिलेसन्सः इकोनोमिक डेभलभमेन्ट एण्ड कोअपरेशन” र “भारत—नेपाल रिलेशन्सः सामाजिक सांस्कृतिक एण्ड सिभिलाइजेशन लिंकेजेस” नामक दुई पुस्तक समेत विमोचन गरिएको थियो ।

कार्यक्रममा नेपालका लागि भारतका कार्यवाहक राजदूत डा.अजयकुमारले नेपाल—भारत सम्बन्धलाई अझ प्रगाढ बनाउने जिम्मेवारी दुवै देशको हरेक नागरिकको रहेको बताए । युवा सम्मेलनमा विशेष अथितिका रुपमा बोल्नुहुँदै स्वस्थ छलफल र भूमिकाबाट सदीऔं देखिको सम्बन्ध प्रगाढ हुने बताए । “भारत—नेपाल सम्बन्ध अझ प्रगाढ बनाउने जिम्मेवारी दुवै देशका नागरिकको पनि हो,”कार्यवाहक राजदूत कुमारले भने, “ पूर्खाले निरन्तरता दिएर बनाएको सम्बन्धलाई बुझेर हामी सबैले आफ्नो स्थानबाट दायित्व पूरा गरेमा सम्बन्धबाट दुवै देशका नागरिकले लाभ लिन सक्ने अवस्था बन्छ ।”

दुई देशबीचको दौत्य सम्बन्धको ७० वर्ष लामो इतिहास भएपनि दुई देशबीचको जनताको सम्बन्धका इतिहास लामो रहेको उल्लेख गरे । अब दुई देशको सम्बन्धलाई उचाईमा पु¥याएर समृद्धिको यात्रामा अगाडि बढ्नुपर्नेमा जोड दिदै युवाहरुले त्यसका लागि सक्रियता देखाउनुपर्नेमा उनको जोड थियो ।

युवा तथा खेलकुद मन्त्रालयका सहसचिव रामप्रसाद थपलियाले युवाहरुको काँधमा राष्ट्रनिर्माणको जिम्मेवारी आएकाले दक्षता र क्षमता मुलुकभित्र नै सदुपयोग गर्नुपर्ने बताए । नेपालको इतिहासमा कुल जनसंख्याको ४० प्रतिशतभन्दा बढी युवा जनशक्ति हुनुलाई ठूलो अवसर भन्दै त्यसलाई खेर जान दिन नहुने उनको भनाई थियो । उनले युवा तथा खेलकुद मन्त्रालयले युवाहरुलाई सक्रिय बनाउँदै मुलुकको समृद्धिको यात्रामा अगाडि बढाउने कार्यक्रम ल्याएको बताए ।

अन्तर्राष्ट्रिय सम्बन्ध परिषद्का महासचिव श्याम पराण्डेले युवाहरुको काँधमा इतिहासकै महत्वपूर्ण जिम्मेवारीहरु आएको बताए । नेपालको विकासमा युवाहरुले विशेष भूमिका खेल्ने आशा व्यक्त गर्दै नेपाल—भारत सम्बन्धलाई अझ मजबुत बनाउन युवाहरुले रचनात्मक सक्रियता देखाउनुपर्ने उनको भनाई थियो । उनले भने, “हाम्रो सभ्यता गतिशिल छ, शिथिल छैन । त्यसैले यो सभ्यता अमर छ ।” उनले समान सभ्यताका नेपाल र भारत दुवैका युवाले हातेमालो गरेर आ आफ्नो देशको समृद्धिको यात्रालाई गति दिनुपर्नेमा जोड दिए ।

नीति अनुसन्धान प्रतिष्ठान नेपालका निर्देशक डा. दिपककुमार अधिकारीले युवाहरुले रचनात्मक भूमिका निभाएर मुलुकलाई परिवर्तनको बाटोमा लानुपर्ने बताए । देश भन्दा ठूलो केही हुँदैन भन्ने युवाहरु पवित्र उद्देश्यले देशहितमा लाग्नुपर्नेमा जोड दिए । उनले भने, “अब देशले पनि युवाहरुलाई देशमै बसेर केही गर्न सकिन्छ भन्ने वातावरण बनाउनुपर्छ ।” युथ स्कलर समिटले विचारहरुको आदानप्रदानका साथ निष्कर्ष निकालेर युवा क्षेत्रमा काम गर्ने संघ संस्था र नेपाल सरकारलाई उपलब्ध गराउने बताए ।

कार्यक्रममा सात जना युवा प्रतिभालाई सम्मान गरिएको छ । सम्मान हुनेहरुमा पैंचो कार्यक्रमका राजन पौडेल, विशाल सिमेन्टका महाप्रबन्धक अमित श्रेष्ठ, संगितकार तथा लोकसंगितमा पीएचडी गर्ने प्रथम व्यक्ति डा.लोचन रिजाल, कलाकार शेरमान नेपाली, गायिका मीनादेवी निरौला, कलाकार रोमी घिमिरे र भ्याली कोल्डस्टोरका बाबुराजा रावल छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...