सार्वजनिक विदाका दिन सरकारी सवारी चलाउन नपाइने
कपिलवस्तु । सरकारी विदाका दिन कपिलबस्तुका सरकारी सवारीसाधन चलाउन प्रतिवन्ध लगाइएको छ ।
सरकारी सवारी साधन बिदाका दिन पनि अनावश्यक प्रयोग गरी दुरुपयोग भएकोमा यसलाई रोक्न जिल्ला ट्राफिक कार्यालयले सक्रिय भएको छ । ट्राफिकले सरकारी विदाका दिन सरकारी सवारी साधन चलाउन नपाउने गरी अघिल्लो हप्तादेखि अभियान सुरु गरेको थियो ।
ट्राफिक प्रहरिले सरकारी विदाका दिन पनि सरकारी सवारी साधन चलाउनुपर्ने आवश्यक भए अग्रिम पास लिने व्यवस्था मिलाएको छ । जिल्ला प्रशासन कार्यालयले सबै सरकारी कार्यालय (स्थानीय तह समेत) का सबै तहका कर्मचारी तथा जनप्रतिनिधिले अवदेखि सार्वजनिक विदाका दिन सरकारी सवारी साधन प्रयोग गर्दा अनिवार्य रुपमा पास लिनुपर्ने छ ।
सरकारी सवारी साधन बिदाका दिनमा पनि प्रयोग गर्नुैपर्ने भए जिल्ला प्रशासन कार्यालय तौलिहवा, ईलाका प्रशासन कार्यालय चन्द्रौटा र ईलाका प्रशासन कार्यालय जितपुर चार नम्बर कपिलबस्तुबाट पास बनाउन सकिने ट्राफिक प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस