ओलीले आज केक गर्दै छन् भारतमा ? हेर्नुस् कार्यतालिका

Oli modi vet

काठमाडौं । ५४ सदस्यीय टोलीको नेतृत्व गर्दै शुक्रबार भारत भ्रमणमा गएका नेपालका प्रधानमन्त्री केपी शर्मा ओली भारत पुगेपछि निक्कै व्यस्त भएका छन् ।

नेपालमा हुँदा पनि व्यस्त हुने प्रधानमन्त्री ओली भारत भ्रमणमा गएपछि भारतीय नेताहरुसँगको भेटघाटमा व्यस्त भएका छन् । जम्बो टोली लिएर भारत भ्रमणमा गएका ओलीले पहिलो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग वान टु वान वार्ता गरेका थिए ।

भारतको तीनदिने औपचारिक भ्रमणको क्रममा नयाँदिल्लीमा रहेका प्रधानमन्त्री ओली शनिवार महत्त्वपूर्ण राजनीतिक भेटवार्तामा व्यस्त रहने भएका छन् । उनले प्रधानमन्त्री ओलीले बिहान ९ बजे राष्ट्रपति भवनमा गार्ड अफ अनरसहित सेरमोनियल रिसेप्सनमा सहभागी हुनेछन् ।

प्रधानमन्त्री ओलीले आजै भारतीय राष्ट्रपति रामनाथ कोविन्दसँग शिष्टाचार भेटवार्ता गर्नेछन् । राष्ट्रपतिसँगको भेटपछि विदेशमन्त्री सुष्मा स्वराजले ओलीसँग भेट गर्ने तय भएको छ ।

आजै ओली र मोदीबीच प्रतिनिधिमण्डस्तरीय मुख्य वार्ता हुनेछ जसमा दुईपक्षीय सहयोगका विषयमा पनि छलफल हुनेछ । त्यसै गरी दुई देशका उच्च अधिकारीहरुको उपस्थितिमा संयुक्त पत्रकार सम्मेलन गरी सहमति वा समझादारीहरु सार्वजनिक गरिनेछ ।

पत्रकार सम्मेलनपछि भारतीय उपराष्ट्रपति, गृहमन्त्रीलगायतसँग शिष्टाचार भेटवार्ताको समय निर्धारण गरिएको छ भने शनिबार साँझ नै प्रधानमन्त्री ओलीलाई इण्डिया फाउन्डेसनको कार्यक्रममा नागरिक अभिनन्दन गर्ने र सो कार्यक्रमलाई सम्वोधन गर्ने तय भएको छ ।

यस्तो छ कार्यतालिका
–बिहान ११ बजे महात्मा गान्धीको समाधिस्थल राजघाट पुगेर प्रधानमन्त्री ओलीले माल्यार्पण गर्ने ।

– ११.३० मा हैदरावाद हाउसमा समकक्षी नरेन्द्र मोदीसँग प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता गर्ने ।

–१२.४५ बजे ओली र मोदीले संयुक्त रुपमा रिमोटमार्फत् वीरगञ्जस्थित एकीकृत जाँच चौकीको उदघाटन गर्ने ।

–सोही समयमा अरुण तेस्रो जलविद्युत आयोजनाको पनि संयुक्तरुपमा शिलान्यास गर्ने ।

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...