युवकसंग गेष्ट हाउस पुगेकी युवती मृत अवस्थामा फेला
काठमाडौँ । टोखा नगरपालिका ९, मिलन टोलमा रहेको भुमेश्वरी गेष्ट हाउसमा नाम, थर र वतन नखुलेको अन्दाजी २२ वर्षीय युवतीको शंकास्पद रुपमा मृत्यु भएको छ ।
मृत भेटिएकी महिलाको मुख र खुट्टामा रुमालले बाँधेको अवस्थामा शव भेटिएको थियो । लगत्तै, महानगरीय प्रहरी प्रभाग, बसपार्क र महानगरीय अपराध मशाखाको टोली घटनास्थल पुगेको थियो ।
युवतीसँगै राति गेष्ट हाउसमा आएका दाङ घोराही नगरपालिका १ का २६ वर्षीय विकास वली फरार छन् । उनको खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ ।
प्रहरीका अनुसार, गेष्ट हाउसको २ सय ३ नं.को कोठा बुकिङ गर्दा दिएको नाम हो उनले सही नाम दिएको हो वा फेक उल्लेख गर्न भने अनुसन्धान भइरहेको छ ।
गेष्ट हाउस सञ्चालक बिल लिएर जाँदा उनी कोठाभित्र मृत अवस्था भेटिएकी थिइन् । थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
प्रतिकृया दिनुहोस