प्रदेश ५ को नीति तथा कार्यक्रम स्वीकृत
बुटवल । प्रदेश नं ५ को मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेश सरकारको नीति तथा कार्यक्रम स्वीकृत गरेको छ ।
यही चैत २५ गते बस्ने प्रदेशसभाको बैठकमा प्रदेश सरकारको आर्थिक वर्ष २०७४÷७५ को नीति कार्यक्रम प्रस्तुत हुनेछ ।
यस्तै, आजको बैठकले उक्त नीति तथा कार्यक्रम प्रस्तुत गर्न प्रदेश प्रमुख उमाकान्त झालाई अनुरोध गर्ने निर्णयसमेत गरेको प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री तथा सरकारका प्रवक्ता वैजनाथ चौधरीले जानकारी दिए । उनका अनुसार मन्त्रिपरिषद् बैठकले नीति तथा कार्यक्रममाथि छलफल गरी केही थपघट गरी पारित गरेको हो ।
मन्त्री चौधरीका अनुसार प्रदेश सरकारले चालू आवका लागि एक अर्ब दुई करोड बराबरको बजेट ल्याउने र बजेट नीति तथा कार्यक्रममै केन्द्रित रहेर आउनेसमेत जानकारी गराए ।
प्रतिकृया दिनुहोस