ज्यान मार्नेजबरर्जस्ती करणी गर्ने अभियोगमा झा पक्राउ

Pakrau

विराटनगर । ज्यान मार्ने र जबरर्जस्ती करणी तथा गर्भपतन गराएको अभियोगमा अजय झालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ ।

सुनसरीको बरहा नगरपालिका–७ बस्ने बेचु झाका २३ वर्षीय छोरा अजय झालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय मोरङले सार्वजनिक गरेको हो ।

सोही ठाउँ बस्ने ३० वर्षीया सोनिया मुसहरको ज्यान मार्ने र जबरर्जस्ती करणी तथा गर्भपतन गराएको अभियोगमा पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक विष्णुहरि कोइरालाले बताए ।

गत, फागुन २६ गते मोरङको बेलबारीस्थित भाउन्ने जंगलमा बेहोश अवस्थामा फेला परेकी पीडित महिला सोनियाको उद्धार गरी बिपी कोइराला विज्ञान प्रतिष्ठानमा प्रहरीले भर्ना गरेको थियो । पीडित महिलाको बयानको आधारमा पक्राउमा परेका झाले विवाह गर्छु भनेर पटकपटक शारीरिक सम्बन्ध बनाएको बताएकी छन् ।

आपूmले विवाहका लागि दबाब दिँदा झापाको दमकमै बस्ने भनेर भाउन्ने जंगलमा लगेर सन्तोष तामाङको सहयोगमा ज्यान मार्न खोजेको बताए । सोनियाको गर्भमा रहेको सात महिनाको बच्चा पेटमै मरेको बताइएको छ ।

झालाई विराटनगर १३ बाट पक्राउ गरी उनीमाथि ज्यान मार्ने, जबरर्जस्ती करणी र गर्भपतनअन्तर्गत मुद्दा दर्ता गरी कारबाही थालिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

देशभरका स्थानीय तहले ल्याए बजेट, यसकारण  बालेन र हर्कले ल्याउन सकेनन् बजेट

Balen and harka 1024x500

काठमाडौं । आज देशभरिका स्थानीय तहहरुले आगामी आर्थिक वर्ष २०८२र८३ का लागि बजेट ल्याएका छन् । तर २४...