पाटनमा रातो मत्स्येन्द्रनाथको रथ बनाउन शुरु

Patan

ललितपुर । पाटनको सबैभन्दा लामो जात्राका रुपमा रहेको मत्स्येन्द्रनाथको जात्राका लागि रथ बनाउन शुरु भएको छ ।

रथ बनाउनका लागि आवश्यक सबै काठ, बेत, बाँस जुटिसकेकाले बनाउन शुरु गरिएको गुठी संस्थान ललितपुरका प्रमुख शैलेन्द्र पौडेलले बताए ।

रथ निर्माणको जिम्मेवारी पाएका बाराहीले काम शुरु गरिसकेका छन् । यो महिनाभरमा सक्ने गरेर काम अघि बढेको छ । यो वर्ष वैशाख ५ गते देवताको रथारोहण हुँदैछ ।

उनी भन्छन् , ‘त्यसअघि नै रथ बनाउने सबै काम सकिनेछ ।’यो वर्ष रथ निर्माणका लागि अधिकांश नयाँ काठ प्रयोग भएको छ । पाङ्ग्राबाहेक धमा, खट, थामलगायतमा नयाँ काठको प्रयोग गरिएको हो । गत कात्तिकबाट काठ काट्न अनुमति लिने काट्ने र ढुवानी गर्न थालिएको थियो ।

पाँच वैशाखमा रथारोहण भएपछि मत्स्येन्द्रनाथलाई भोलिपल्ट नै गाःबहाल पु¥याइन्छ । रथलाई पाटनभर घुमाएपछि जाउलाखेलमा लगेर भोटोजात्रा हुने गर्दछ ।

रातो मत्स्येन्द्रनाथको जात्रालाई उपत्यकाको सबैभन्दा लामो जात्रा मानिन्छ । सहकालका देवता मानिने मत्स्येन्द्रनाथ पाटनमा ६ महिनामा र ६ महिना बङ्गमतिमा रहन्छन् । पाटनमा झण्डै ६ महिना रहदा विभिन्न किसिमका जात्रा पर्व हुनेगरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

देशभरका स्थानीय तहले ल्याए बजेट, यसकारण  बालेन र हर्कले ल्याउन सकेनन् बजेट

Balen and harka 1024x500

काठमाडौं । आज देशभरिका स्थानीय तहहरुले आगामी आर्थिक वर्ष २०८२र८३ का लागि बजेट ल्याएका छन् । तर २४...