आयमूलक काम गर्दै कैदीबन्दी

Kaidi

ललितपुर । नख्खु कारागारमा रहेका कैदीबन्दी विभिन्न किसिमका आयमूलक काममा लागेका छन् ।

विभिन्न संस्थासँग आवद्ध भएर वा व्यक्तिसँग सम्पर्क गरेर कैदीबन्दीले सीपमूलक काम गरेर आयआर्जन गरेको जेलर टेकबहादूर केसी बताउँछन् । उनीहरु मुढा बनाउने, पोते उन्ने, फर्निचर, थान्कालगायतका काम गर्छन् । सरकारी र गैरसरकारी संस्था दुबैले समय–समयमा सीपमूलक तालीम दिँदै आएका छन् ।

कतिपय संस्थाले विभिन्न किसिमका तालीम दिनेसँगै कच्चापदार्थ उत्पादन र सामग्री बेच्नसमेत सहयोग गर्ने गरेका छन् । उनी भन्छन्, ‘यहाँ रहेका कैदीबन्दी केही न केही काममा आवद्ध छन्, खाली कोही छैनन् ।’ पहिले नै ज्ञान भएकाले भित्र फर्निचर उद्योगसमेत चलाएका छन् ।

कारागारमा अहिले नयाँ भवन निर्माण भइरहेको छ । भवन निर्माणमा कामदारका रुपमा कैदीबन्दी नै काम गर्छन् । अरु सीप नभएकाले सहयोयी कामदारका रुपमा काम गरेका छन् । उनी भन्छन्, ‘हामीले पनि त्यसै बस्नु भन्दा केही काममा लाग्न सल्लाह दिन्छौं ।’

कारागारमा कैदीबन्दीका लागि मनो–सामाजिक अस्पताल समेत निर्माण भइरहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

देशभरका स्थानीय तहले ल्याए बजेट, यसकारण  बालेन र हर्कले ल्याउन सकेनन् बजेट

Balen and harka 1024x500

काठमाडौं । आज देशभरिका स्थानीय तहहरुले आगामी आर्थिक वर्ष २०८२र८३ का लागि बजेट ल्याएका छन् । तर २४...