निर्देशिकाको उल्लंघनको नमुना : नेतादेखि अभिनेतालाई काखी च्यापेर ओली हुइँकिए भारत

Oli vraman

काठमाडौं । भ्रमण निर्देशिकाको उल्लंघन गर्दै प्रधानमन्त्री केपी शर्मा ओली ५५ जनाको जम्बो टोली लिएर भारत भ्रमणमा निस्किएका छन् ।

विहान ९ बजे नेपाल वायुसेवा विमानको चार्टर विमानबाट भारत प्रस्तान गरेका प्रधानमन्त्री ओलीको भ्रमण टोलीमा अभिनेता राजेश हमालदेखि, मुख्यसचिव, उद्योगी, व्यवसायी, नेता तथा कार्यकर्ता र सञ्चारकर्मीसहित छन् ।

सो जम्बो टोलीमा मुख्य सचिव लोकदर्शन रेग्मीसहित ४५ जना सरकारी टोली छन् भने अन्य व्यवसायी र विभिन्न संचार माध्यमबाट झन्डै ३५ जना पत्रकारहरू पनि पनि छन् ।

सो जम्बो टोलीमा ३ जना मन्त्री पनि छन् । जसमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव र भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ परेका छन् ।

त्यसो त मन्त्री मात्रै होइन, सांसदहरुले पनि प्रधानमन्त्री ओलीको टोलीसँगै भारत भ्रमणको मौका पाएका छन् । यसरी मौका पाउनेहरुमा दीनानाथ शर्मा, रामेश्वर राय यादव, शरदसिंह भण्डारी, विमल श्रीवास्तव, गणेशसिंह ठगुन्ना, रामवीर मानन्धर, शान्ता चौधरी, उमा रेग्मी र सीताराम महतो रहेका छन् ।

व्यवसायीको उस्तै लर्काे
विगतमा पनि प्रधानमन्त्री विदेश शयर गर्दा व्यवसायीलाई लैजाने परम्परा छ । तर भ्रमण निर्देशिकामा भने त्यस्तो उल्लेख छैन ।

योपटक उद्योग बाणिज्य महासंघकी अध्यक्ष भवानी राणासहित शेखर गोल्छा, चन्द्र ढकाल, प्रबलजंग पाण्डे, ज्ञानेन्द्रलाल प्रधान, हरिभक्त शर्मा, राजेशकाजी श्रेष्ठ, दीपक मल्होत्रा, इच्छाराज तामाङ, नरेश श्रेष्ठ, भाष्करराज कर्णिकार, निरज राई, भीमलाल पौडेल, डा. अन्जान शाक्य र उर्मिला श्रेष्ठ लगायत प्रधानमन्त्रीको भ्रमण टोलीमा अटाएका छन् ।

के छ निर्देशिकामा ?
निर्देशिकाअनुसार भ्रमण टोलीमा प्रधानमन्त्री, प्रधानमन्त्रीको श्रीमती, सचिव वा सहसचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट एक जना, प्रधानमन्त्रीका परराष्ट्र मामिला सम्वन्धी सल्लाहकार एक जना मात्रै जान पाउने छन् ।

त्यसैगरी प्रधानमन्त्रीका निजी चिकित्सक, प्रधानमन्त्रीले तोकेका एकजना सहयोगी, सुरक्षाकर्मी वा एडिसी दुई जना, सहयोगी एकजना जान पाउँछन् ।

परराष्ट्र मन्त्रालयसँग सम्वन्धित कर्मचारी पनि जान पाउने निर्देशिकामा उल्लेख छ । परराष्ट्र सचिव, क्षेत्रीय वा बहुपक्षीय महाशाखा प्रमुख, परराष्ट्र मन्त्रालय, राजनीतिक महाशाखा प्रमुख (सहसचिव), परराष्ट्र मन्त्रालय, भमण गर्ने देशको नेपाली रादूत र आवश्यकतानुसार तोकिएका दूतावासका अधिकारीहरु, शिष्टाचार महहापाल, उपसचिव वा शाखा अधिकृत र शिष्टाचार अधिकृत वा शिष्टाचार असिष्टेन्ट लैजान पाउँछन् ।

त्यसैगरी सरकारी सञ्चार माध्यमलाई अनिवार्य जस्तै गराइएको छ । पत्रकार तीन जना, उनीहरुमध्ये दुइ जना टेलिभिजन र एक जना राष्ट्रिय समाचार समितिबाट हुने व्यवस्था छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...