मोटरसाइकल दुर्घटनामा विकको मृत्यु

Accident 23

धरान । मोरङको बेलबारीमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।

पूर्वतर्फ जादै गरेको को २८ प ७४३६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई रुखमा ठोक्किँदा मोटरसाइकलमा पछाडि बसेका धरान–१७ कासञ्जीव विश्वकर्माको मृत्यु भएको हो ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका विश्वकर्माको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा गएराति १२ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकलका चालक धरान–१७ कै विजय विश्वकर्मा गम्भीर घाइते छन् । उनको प्रतिष्ठानमै उपचार भइरहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

देशभरका स्थानीय तहले ल्याए बजेट, यसकारण  बालेन र हर्कले ल्याउन सकेनन् बजेट

Balen and harka 1024x500

काठमाडौं । आज देशभरिका स्थानीय तहहरुले आगामी आर्थिक वर्ष २०८२र८३ का लागि बजेट ल्याएका छन् । तर २४...