प्रधानमन्त्री ओलीसँग डा. लोहनीको ३ अपेक्षा, केके हुन् ती ३ अपेक्षा ?

Dr. lohani

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री बनेपछि पहिलोपटक भारतको भ्रमणमा जाँदैछन् । त्यैपनि ओली शक्तिशाली प्रधानमन्त्रीका रुपमा भारत भ्रमणमा जाँदैछन् ।

बिहीबार भारत जान लागेका प्रधानमन्त्री ओलीलाई अहिले के काम गर्ने र के नगर्ने भनेर विभिन्न विज्ञहरुले सुझाव पनि दिइरहेका छन् । अहिले दैनिक दर्जनौ विज्ञहरुले कामको सुची पेश गरिरहेका पनि छन् ।

संविधान बनेपछि पहिलोपटक प्रधानमन्त्री बन्दा ओलीले निक्कै सास्ती खेप्नुपरेको यथार्थ सबैसामु छ । तर, यो पटक प्रधानमन्त्री बन्दा पहिलोपटक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नै बधाई दिए । यतिसम्मकी बाम गठबन्धनले बहुमत प्राप्त गरे लगत्तै ओलीलाई मोदीले बधाई दिएका थिए ।

अहिले मोदीको बधाई र साथ पाएका ओलीले भारत भ्रमणका बेला कस्तो सम्झौता गर्लान् भनेर चासो र चिन्ता सबैमा देखिएको छ । यस्ता चिन्ता गरेका छन् एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले पनि ।

जनताबाट अनुमोदित भारी बहुमत सहितको शक्तिशाली प्रधानमन्त्रीका रूपमा भारत जान लागेका प्रधानमन्त्री ओलीसँग डा. लोहनीले विभिन्न अपेक्षा राखेका छन् । यस्ता छन् डा. लोहनीले प्रधानमन्त्री ओलीको भारत भ्रमणका बेला गरेका अपेक्षा ।

१, बोर्डरमा संयुक्त प्रयोगशाला
बोर्डरमा जुन ‘नन ट्यारिफ ब्यारियर’ रहेको छ, यसबारे नेपालले पटक–पटक कुरा उठाउँदै आएको छ । दुई देशबीच बोर्डरमा संयुक्त प्रयोगशाला स्थापना गर्नुपर्न बेला आएको छ । अहिले राखिएको एकीकृत चेकपोस्ट जस्तै एकीकृत प्रयोगशाला स्थापना गरेमा गुणस्तरको समस्या समाधान हुन सक्छ ।

नेपाललाई आफ्ना उत्पादन बेच्ने ठाउँ मात्र नसम्झेर नेपाल औद्योगिक लगानीको क्षेत्र पनि हुन सक्छ भन्ने चिन्तन र सोअनुरूप व्यावहारिक कार्यक्रमबारे भारतले सोच्नुपर्ने भएको छ । त्यसतर्फ प्रधानमन्त्रीले ओलीले पहल गर्नु हुने अपेक्षा छ ।

बोर्डरमा संयुक्त प्रयोगशाला राख्ने विषय २० वर्षअघिदेखि उठिरहेको हुनाले समयतालिका नै तोकेर समाधान गर्ने गरी दुवै प्रधानमन्त्रीबीच हुने वार्तामा कुरा उठाउनु सान्दर्भिक हुनेछ ।

२, जलस्रोतको अधिकतम् उपयोग
नेपालमा पनि जुन–जुन देशले सहभागिता जनाउन सक्छन्, उनीहरूलाई समेटेर ‘कमन इलेक्ट्रिसिटी ग्रिड’ बनाउन ढिलो गर्नु हुँदैन । कम्तीमा पनि नेपाल, भारत, भुटान, बंगलादेशजस्ता राष्ट्रलाई यस ग्रिडमा समेट्नु उपयुक्त हुन्छ ।

यस्तो ग्रिड बन्न सक्यो भने जता बिजुली बढी हुन्छ, अर्को पक्षले खरिद गर्ने र जता अभाव हुन्छ, अर्को पक्षले उसलाई सरल मूल्यमा बिक्री गर्ने व्यवस्था मिलाउनुपर्छ ।

प्रधानमन्त्रीले अहिलेको भ्रमणमा विद्युत् व्यापारलाई खुला गराउने र उल्लिखित सहमति कार्यान्वयन गर्ने विषयलाई मात्रै उठाएर त्यसलाई कार्यान्वयन तहमा लान सके त्यो नै ठूलो उपलब्धि साबित हुनेछ ।

३, उत्तरपूर्वी प्रान्तसम्म जाने मार्ग
विगत सन् १९९६ मा भारत, नेपाल र बंगलादेशबीच काँकडभिट्टाबाट बंगलादेश जाने र बंगलादेशले उसका नदीनालाबाट भारतका उत्तरपूर्वी प्रान्तसम्म जाने मार्ग दिने सहमति भएको थियो । त्यसअनुसार नेपालमा एउटा त्रिदेशीय सम्झौता पनि भएको थियो । तर, त्यो पनि व्यवहारमा उत्रिरहेको छैन ।

नेपाल र भारतको आर्थिक समृद्धिसित जोडिएका मुद्दा अबका दिनमा कुन मोडेलअन्तर्गत अगाडि बढाउने, कुन वैचारिक प्रावधानअन्तर्गत जाने भन्ने सम्बन्धमा एउटा बृहत् सोचको आवश्यकता छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...