किन गरे मोहन विक्रम सिंहले रेग्मी प्रशंसा ?

जसले ६० वर्ष पहिले सिंहलाई पार्टीको सदस्यता दिएका थिए

Kama raj regmi

काठमाडौं । नेपालको कम्युनिष्ट आन्दोलनको पूरानोे नाम हो कमलराज रेग्मी । जसले नेपालका हालसम्मकै सबैभन्दा पाका नेता मोहन विक्रम सिंहलाई नै पार्टी सदस्यता दिएका थिए ।

आज उनै रेग्मीको आज विहान निधन भएको छ । पाल्पामा जन्मिएका रेग्मी पाटन धोवीघाटमा बस्दै आएका थिए ।

जसबाट आफुले पार्टी सदस्यता लिने सिंह मात्र होइन, पूराना कम्युनिष्ट नेताहरु मर्माहित भएका छन् । रेग्मी नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको केही समयपछि नै कम्युनिष्ट पार्टीमा आवद्ध भएका थिए ।

किसान आन्दोलनका योद्धा
खासगरी नेपालको किसान आन्दोलनमा रेग्मीको चर्चा हुने गर्छ । उनले पाल्पामा भएको किसान आन्दोलनमा नेतृत्व गरेका थिए ।

रेग्मीले प्यूठानमा जनता शिक्षण शिविरको सञ्चालन र कम्युनिष्ट पार्टीको स्थापनामा पनि उत्तिकै योगदान दिएका थिए ।

२०१७ सालमा राजा महेन्द्रले बहुदलीय व्यवस्थामाथि प्रतिबन्ध लगाएको पहिलो दिन मै उनी गिरफ्तार भएका थिए । उनी पछि पञ्चायतलाई समर्थन गरेका थिए । त्यसपछि भने कम्युनिष्टहरुले उनलाई वास्ता गर्न छाडेका थिए । त्यसपछि उनले चाहना गर्दा पनि कसैले कम्युनिष्टमा फर्किने अवसर दिएनन् ।

सदस्यता लिने चाहना अधूरै
रेग्मीको निधनमा आज नेकपा मसालका महामन्त्री मोहन विक्रम सिंहले जारी गरेको शोक विज्ञप्तीमा आफुलाई २०१० सालमा नेपाल कम्युनिष्ट पार्टीको सदस्यता दिएको उल्लेख गरेका छन् ।

सिंहको विज्ञप्तीमा भनिएको छ, ‘उहाँले दर्खास्त दिने बेलामा भन्नु भएको थियो : ‘पहिले मैले तपाईबाट पार्टी सदस्यताका लागि दर्खास्त लिएको थिए । अब मैले पार्टी सदस्यताका लागि तपाईलाई दर्खास्त दिँदै छु ।’

रेग्मीले लामो समयपछि आफुलाई पार्टी सदस्यता दिन माग गर्दै आवेदन दिएका थिए । रेग्मीले सदस्यताको आवेदनमा भनेका थिए, ‘अब मेरो वृद्धावस्था र स्वास्थ्यका कारणले मैले सक्रिय भएर पार्टीको कुनै काम गर्न सक्दिन । तैपनि मेरो मृत्युको बेलामा पार्टीको झण्डा मलाई ओढाइयोस् भन्ने मेरो ठूलो इच्छा छ ।’

तर न रेग्मीले पार्टीको सदस्यता नै पाए न मर्ने बेला पार्टीको झण्डा नै ओढ्न पाए । रेग्मीलाई पार्टीको झण्डा ओढाउन नपाएको आफुलाई दुःख लागेको सिंहले विज्ञप्तीमा जनाएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...