बैंकमा सुनका नक्कली गरगहना राखेर ठगी गर्ने थुनामा

Jel

झापा । राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंक लिमिटेडमा सुनका नक्कली गरगहना राखेर २७ लाख २८ हजार ठगी गरेको आरोपमा पक्राउ परेकामध्ये तीनजना पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

विभिन्न मितिमा राष्ट्रिय वाणिज्य बैंक लिमिटेड बिर्तामोड, धुलाबारी शाखा र नेपाल बैंक लिमिटेडको धुलाबारी शाखामा सुनका नक्कली गरगहना राखेर बैंक ठगी कार्यमा छजना पक्राउ परेका थिए । पक्राउ परेकामध्ये तीनजना धरौटीमा छुटेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

झापा जिल्ला अदालतको आदेशमा बिर्तामोड ५ डेरा गरी बस्ने ३८ वर्षीया मीनादेवी खड्का, मेचीनगर ७ इँटाभट्टा निवासी ३५ वर्षीय शम्भू खत्री, विर्तामोड ३ निवासी ४३ वर्षीय राजकुमार तामाङलाई पुर्पक्षका लागि कारागार पठाइएको हो। तामाङ राष्ट्रिय बाणिज्य बैंक बिर्तामोडका नगद सहायक खजान्ची हुन् ।

यता पक्राउ परेकामध्ये बिर्तामोड ५ निवासी ४५ वर्षीय राजकुमार श्रेष्ठ, मेनपा १२ निवासी ४९ वर्षीय गणेश प्रधान र मेनपा १० निवासी ३३ वर्षीय प्रवेश अधिकारी भने धरौटीमा छुटेका छन् ।

श्रेष्ठसंग ३ लाख ९८ हजार, प्रधान र अधिकारीसंग ७०÷७० हजार धरौटी माग भएकोमा उनीहरुले सो रकम बुझाएर छुटेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

देशभरका स्थानीय तहले ल्याए बजेट, यसकारण  बालेन र हर्कले ल्याउन सकेनन् बजेट

Balen and harka 1024x500

काठमाडौं । आज देशभरिका स्थानीय तहहरुले आगामी आर्थिक वर्ष २०८२र८३ का लागि बजेट ल्याएका छन् । तर २४...