धनुषामा बम विस्फोट, एक महिला घाइते

Bom 1

धनुषा । धनुषाको पूर्वी क्षेत्र धारापानीमा आज बम विस्फोट हुँदा विस्फोटमा परी जंगलमा घाँस काट्नका गएकि एक महिला घाइते भएकी छिन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाले दिएको जानकारीअनुसार धनुषाधाम नगरपालिका ९ धारापानी भिमानमा विस्फोट भएको छ । राजमार्गभन्दा ५ सय मिटरभित्र जंगल क्षेत्रमा बम विस्फोट भएको हो ।

धनुषाको प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले विस्फोटमा परी स्थानीय ६० वर्षीया तीर्थमाया तामाङको हातमा गम्भीर चोट लागेको बताए । घाइते महिलालाई उपचारका लागि जनकपुर अञ्चल अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ । बम कसले, किन र कसरी विस्फोट भएको यकिन हुन नसकेको तथा यसबारे अनुसन्धान शुरु गरिएको प्रहरी उपरीक्षक सिंहले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

देशभरका स्थानीय तहले ल्याए बजेट, यसकारण  बालेन र हर्कले ल्याउन सकेनन् बजेट

Balen and harka 1024x500

काठमाडौं । आज देशभरिका स्थानीय तहहरुले आगामी आर्थिक वर्ष २०८२र८३ का लागि बजेट ल्याएका छन् । तर २४...