घर भत्किँदा भक्तपुरमा ५ घाइते

Ghar 1

भक्तपुर । बुधबार साँझ सूर्यविनायक नगरपालिका–१० चित्तापोल खुलाल गाउँमा घर भत्किँदा ५ जना घाइते भएका छन् ।

स्थानीयवासी विदुर थापाको इँटा माटोले बनेको कच्ची घर भत्किँदा सोही घरमा बस्ने ५ जना घाइते भएका हुन् ।

सो घर भत्किँदा पशुपति थापा, सरदा थापा, उमेश थापा, रोशन थापा र सरिना थापा घाइते भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । घाइतेको काभ्रेको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । अहिले घाइतेको अवस्था सामान्य रहेको छ ।

घर भत्किँदा १३ लाख बराबरको धनमाल क्षति भएको छ । दुई दिनदेखि परेको वर्षाका कारण सो भत्किएको अनुमान गरिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

देशभरका स्थानीय तहले ल्याए बजेट, यसकारण  बालेन र हर्कले ल्याउन सकेनन् बजेट

Balen and harka 1024x500

काठमाडौं । आज देशभरिका स्थानीय तहहरुले आगामी आर्थिक वर्ष २०८२र८३ का लागि बजेट ल्याएका छन् । तर २४...