अझैं केही दिन मनसुनी गतिविधि जारी रहने
काठमाडौं । के तपाई आज पानी नपर्ला भनेर आस गरिरहनु भएको छ ? उसो हो भए तपाईको आस खेर जान सक्छ । किनकी अझैं केही दिनसम्म मौसमले तपाईलाई साथ दिने छैन ।
पश्चिमी वायुको प्रभाव अझै केही दिनसम्म रहने भएकाले देशभर पानी पर्ने र मौसममा खरावी आइरहने मौसमविदहरुले जनाएका छन् ।
मौसमविद् विभूति पोखरेलका अनुसार मनसुनी गतिविधि अझै एक दुई दिन जारी रहनेछ ।
पूर्वमनसुनको समय भएकाले बदली हुने र मध्यम खालको वर्षा हुने उनको भनाइ छ । त्यसैको प्रभावमा बुधकार देशका धेरै जसो स्थानमा वर्षा भयो । पश्चिमी वायुको प्रभावसँगै स्थानीय वायुको सम्मिश्रणका कारण बदली र वर्षा भएको भएको हो ।
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार काठमाडौँमा बुधबार ११.४ मिलिमिटर वर्षा भएको छ । बुधबार सबैभन्दा बढी पोखरामा २५ मिलिलिटर र ताप्लेजुङमा ४ मिलिलिटर वर्षा भएको छ ।
प्रतिकृया दिनुहोस