सिन्डिकेटको सकस : मुख्यमन्त्रीकै गाउँ हिडेको रोकियो बस

Sindiket sakas

धरान । सरकारले नेपालमा यातयातको क्षेत्रमा सिन्डिकेट हटेको दावी गरिरहेका बेला पूर्वका व्यवसायीले सिन्डिकेट लागू गर्न आन्दोलन गरिरहेका छन् ।

यतिसम्म की उनीहरुले गन्त्यमा पुग्न हिडेका यात्रुलाई बसबाटै ओराल्न थालेका छन् । धरानका यातयात व्यवसायीले पहाडी जिल्ला भोजपुर हिँडेका यात्रुलाई बसबाट निकालेर सरकारलाई चुनौती दिएका छन् ।

धरानका यातायात व्यवसायीले पूर्वी पहाडी जिल्लाहरु धनकुटा, भोजपुर, संखुवासभा, तेह्रथुम तथा तराईका झापा, मोरङ सहितका जिल्लाबाट पहाड हिडेका बसलाई दैनिक रुपमा अबरोध गरिरहेका छन् । जसका कारण सयौँ यात्रु अलपत्र पर्ने गरेका छन् ।

धरानमा कोसी बस व्यवसायी संघ, पूर्वाञ्चल बस व्यवसायी संघ, सप्तकोसी बस व्यवसायी संघ र संयुक्त बस व्यवसायी संघले सिन्डिकेटको नेतृत्व गर्दै आएका छन् । उनीहरुले सिन्डिकेट लाद्दै मुनाल यातायातमा चढेका यात्रुलाई जबरजस्ती ओराल्दै आएका छन् । व्यवसायीले सिन्डिकेट लगाएर सार्वजनिक सवारी रोक्दा ट्राफिक प्रहरी भने रमिते बन्ने गरेका छन् ।

यतिसम्मकी बुधवार झापाको काकडभिट्टादेखि प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईको गृहजिल्ला भोजपुर हिँडेको मे १ ख २११० नम्बरको मुनाल डिलक्स यात्रु बसलाई व्यवसायीले ट्राफिक प्रहरी कार्यालय धरान अगाडि रोक्दा पनि ट्राफिक प्रहरी नै मसकदर्शक बनेको देखिन्थ्यो । बरु उल्टै बस रोकेर यात्रुलाई जबरजस्ती ओराल्दा ट्राफिक प्रहरीले समेत सघाएको भेटिथ्यो ।

यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रीय उपाध्यक्ष कृष्ण सुवेदीले झापाका व्यवसायीहरुले धरानका व्यवसायीसँग सहकार्य नगरी बस सञ्चालन गरेकाले धरानमा रोक्नुपरेको बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...