आर्थिक वर्षको बाँकी चार महिनामा केही न केही नयाँ काम गर्नुपर्छ : राज्यमन्त्री बाँस्कोटा
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले परिणाम आउने गरी जनताका पक्षमा काम गर्न सम्बद्ध निकायका प्रमुखलाई दिर्नेशन दिएका छन् ।
मन्त्रालयस्तरीय समस्या समाधान समितिको आजको बैठकमा राज्यमन्त्री बाँस्कोटाले कम खर्चमा जनतालाई सुविधा हुने गरी तीव्र गतिमा काम गर्न निर्देशन दिँदै भने,“यस आर्थिक वर्षको बाँकी चार महिनामा केही न केही नयाँ काम गर्नुपर्छ, दीर्घकालीन योजना ल्याउनुहोस्, मन्त्रालय सहयोग गर्न तयार छ । ” राज्यमन्त्री बाँस्कोटाले बेजिङ, नयाँ दिल्ली, ब्रसेल्स र न्यूयोर्कमा राष्ट्रिय समाचार समिति(रासस)का समाचारदाता राख्नेतर्फ मन्त्रालयले योजना बनाएको जानकारी दिए ।
प्रेस काउन्सिल नेपाल, रासस, गोरखापत्र संस्थान, रेडियो नेपाल, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल टेलिभिजन, राष्ट्रिय सूचना आयोग, सूचना विभाग, मुद्रण विभाग, चलचित्रलगायत मन्त्रालय सम्बद्ध निकायका प्रमुखले आआफ्नो विभागको प्रगति विवरण र समस्याका बारेमा प्रस्तुति दिएका थिए । बैठकमा मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले सही कामका लागि बजेट खर्च गर्नुपर्नेमा जोड दिए ।
राससका अध्यक्ष कुलचन्द्र वाग्लेले पाँच प्रदेशमा आफ्नै भवनसहितको राससको प्रदेश कार्यालय स्थापना गरिए पनि बाँकी दुई प्रदेशमा भवनसहित कार्यालय स्थापना गर्ने योजना रहेको बताए । पोखरामा प्रादेशिक भवन निर्माण गर्न र श्रव्यदृश्य सेवा स्थापना गर्न बजेटको अभाव रहेको पनि अध्यक्ष वाग्लेले अवगत गराए ।
पत्रकारको न्यूनतम पारिश्रमिक व्यवस्था प्रभावकारी कार्यान्वयन भए नभएका बारे अनुगमन भइरहेको मन्त्रालयले जनाएको छ । आर्थिक वर्ष २०७४÷०७५ (फागुनसम्म) मन्त्रालयले करीब सात अर्ब ५३ करोड राजस्व संकलन गरेको छ । मन्त्रालयका अनुसार देशभरी हालसम्म १२३ टेलिभिजनले इजाजत लिएका छन् भने ३५ नियमित प्रसारणमा छन् । त्यसैगरी ८५७ एफएम (सामुदायिक रेडियो)ले इजाजत लिएका छन् भने ६२६ नियमित प्रसारणमा छन् ।
सम्बन्धित समाचार
लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु, १० डिसेम्बरसम्म चल्ने
काठमाडौं । हिंसारहित समाज निर्माणको उद्देश्यसहित लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु...
रास्वपा सभापति रवि लामिछानेलाई थुन्न म्याद थपेको थप्यै, थप १५ दिनको म्याद
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि अनुसन्धानका लागि कास्की ज...
पूर्वमन्त्री पदम राईको काठमाडौंमा निधन
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं पूर्वभौतिक योजना तथा निर...
बाल अधिकार रक्षकहरुको राष्ट्रिय भेला काठमाडौंमा सुरु
काठमाडौं । बाल अधिकार रक्षकहरुको तीनदिने राष्ट्रिय भेला काठमाडौंमा सुरु भएको छ । बाल विवाह रोकथाम...
धान फल्ने खेत मासे, सुन्तला फलाएर लाखौं कमाए
म्याग्दी । १३ वर्षअघि अंश वापत पाएको ५ रोपनी धान फल्ने खेतमा सुन्तलाका बिरुवा रोप्दा बेनी नगरपालि...
मुन्दुम ट्रेल भ्रमण वर्ष २०२५ मा एक लाख पर्यटक भित्र्याउने तयारी
खोटाङ । ‘मुन्दुम ट्रेल’ (पदमार्ग) को पर्यटन प्रवर्द्धन गर्न पुस १७ गतेदेखि ‘मुन्दुम ट्रेल भ्रमण व...
काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा
काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...
प्रतिकृया दिनुहोस