संवैधानिक इजलास शुरु

Sarbochha

काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधीश केदारप्रसाद चालिसेले आजदेखि संवैधानिक इजलासमा काम शुरु गरेका छन् ।

पूर्व प्रधानन्यायाधीश गोपाल पराजुलीको अवकाशपछि रिक्त रहेको पदमा कामु प्रधानन्यायाधीश दीपकराज जोशीको सिफारिसमा न्यायाधीश चालिसेलाई न्याय परिषद्को बैठकले संवैधानिक इजलासका लागि तोकेको हो । आजदेखि संवैधानिक इजलास शुरु भएको छ ।

संवैधानिक इजलासमा कामु प्रधानन्यायाधीश दीपकराज जोशी, न्यायाधीशहरु ओमप्रकाश मिश्र, चोलेन्द्रशमशेर राणा, दीपककुमार कार्की र केदारप्रसाद चालिसे रहेका छन् । सो इजलासमा प्रधानन्यायाधीश वा कामु प्रधानन्यायाधीशसहित पाँचजना न्यायाधीश रहने व्यवस्था छ ।

संवैधानिक इजलाशले संवैधानिक मुद्दाको विषयमा देखिएका समस्यामा बहस हुने गर्छ । सो इजलामा करीब ४ सय भन्दा बढी मुद्दा रहेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

देशभरका स्थानीय तहले ल्याए बजेट, यसकारण  बालेन र हर्कले ल्याउन सकेनन् बजेट

Balen and harka 1024x500

काठमाडौं । आज देशभरिका स्थानीय तहहरुले आगामी आर्थिक वर्ष २०८२र८३ का लागि बजेट ल्याएका छन् । तर २४...